धनगढी - कैलालीको टीकापुर नगरपालिकामा नागरिक उन्मुक्ति पार्टी ले अग्रता लिएको छ ।
पहिलो एक सय मतको गणना सकिंदा रेशम चौधरी कि श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा गठित नागरिक उन्मुक्ती पार्टीका मेयर पदका उम्मेदवारले ३४ मतसहित अग्रता लिएको निर्वाचन अधिकृत पुष्कर खड्काले जानकारी दिए
।उनका अनुसार नागरिक उन्मुक्ती पार्टीलाई नेकपा एमालेले पछ्याइरहेको छ ।
एमालेका उम्मेदवारले १८ मत प्राप्त गरेका छन् भने सत्तारुढ गठबन्धनका उम्मेदवारले १६ मत पाएका छन् ।
५२ हजार बढी मतदाता रहेको टीकापुर नगरपालिकामा शुक्रबार भएको निर्वाचनमा ३१ हजार २९३ मत खसेको थियो ।
टीकापुरमा शनिबार बिहानदेखि मात्रै मतगणना सुरु भएको हो ।