कन्चनपुर -नेकपा माओवादी केन्द्र निकट युबा संगठन (वाइसियल ) कञ्चनपुरले पश्चिमनाका गड्डाचौकीमा मास्क र सेनिटाईजर वितरण गरेको छ । वाईसियल भीमदत्त नगरपालिकाले शनिबारदेखि गड्डाचौकीबाट मास्क र सेनिटाईजर वितरण गरेको हो । वाईसियल भीमदत्त नगरका इन्चार्ज तुल बहादुर थापाले कोरोना जोखिमबाट जोगिन मास्क र सेनिटाईजर वितरण गरेको बताए । उनका अनुसार उक्त अभियान पश्चिम गड्डाचौकी नाकादेखि पुर्व डोकेबजार नाकासम्म वितरण गरिनेछ ।