धनगढी -नेकपा एमाले कैलालीको हालै सम्पन्न ८ औँ अधिबेशनबाट निर्बाचित पदाधिकारी र सदस्यहरुले सपथ लिएका छन् । पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनिहरुले सपथ लिएका हुन । सपथ ग्रहण समारोहमा प्रमुख अतिथी थिए एमालेका केन्द्रिय सचिब एबम पार्टीका इन्चार्ज लेखराज भट्ट ।
कार्यक्रममा अध्यक्षमा पराजित रण बहादुर चन्द र सचिबमा पराजित दान बहादुर बिकलाई पनि बोल्न दिइएको थियो । अध्यक्षमा पराजित रण बहादुर चन्दले राजनीतिक रुपमा आफु बिजयी भएको दाबी गरे । उनले मन्चमा बसेका प्रदेश इन्चार्ज भट्ट माथि आफुलाई सहयोग नगरेको आरोप समेत लगाए ।
'मलाई सुदुरपश्चिमको मुल नेत्रित्वले किन सहयोग गरेन के कति कारणले हो त्यो समिक्षा होला,' चन्दले भने ,' म सँग पैसा छैन भनेर हो कि , म कुन ठाउँमा जन्मे भनेर हो कि ,म कुन परिवारमा जन्मे भनेर हो कि के कारणले हो त्यो पत्ता पाउन सकिन । मैले कुन कारणले साथ पाउन सकिन त्यसको समिक्षा हुँदै गर्ला ।'
उनले आफुलाई कार्यकर्ताको अघात माया रहेकाले आगामी दिनमा पनि त्यो साथ रह्ने विश्वास गरे । उनको जिज्ञासाको उत्तर दिँदै इन्चार्ज भट्टले आफुले कसैको पक्ष नलिएको जिकिर गरे । पार्टी अध्यक्षको भाबना अनुसार सहमती मै नेतृत्व चयन गर्ने आफ्नो चाहाना रहेको थियो ।
'मैले यँहाका सबै नेता र निर्बाचन मन्डलका साथीहरुलाई मिलाएर आउनुस भनेको थिए ,'भट्टले भने,' कसैलाई इन्चार्ज को सहयोग पाएन भन्ने लागेको छ भने आत्म समिक्षा गर्नुस मैले कसैलाई अध्यक्ष नबानुहोस भनेको दबाब दिएको लागेको छ भने म जुन सुकै मन्चमा आत्म आलोचित हुन तयार छु । भट्टले निर्बाचन पछि पनि पार्टीलाई एक ढिक्का बनाउने सबैको जिम्मेवारी रहेको बताए ।