काठमाडौँ - प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सोमबार पनि सुनुवाई जारी छ । सर्वोच्च अदालतको संबैधानिक इजलासमा माघ ४ गतेदेखि जारी बहस बहुमत प्राप्त प्रधानमन्त्रीले गरेको संसद विघटन बैधानिक हो या होइन भन्ने विषयमा केन्द्रित छ ।
सोमबार पनि इजलासमा पनि रिट निवेदक तर्फका कानुन व्यवसायीहरुले बहस गरिरहेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिट निवेदनमा माघ ४ गतेदेखि एकसाथ सुनुवाई गरिरहेका छन्।