काठमाडौं- भारतीय जनता पार्टी (बिजेपी) का नेता सुब्रमण्यन स्वामीले प्रधानमन्त्री केपी शर्मा ओली ‘घर न घाट’ को अवस्थामा पुगेका बेला भारतले चतुर राजनीतिक कदम चाल्नुपर्ने बताएका छन्।राज्य सभाका सदस्य रहेका स्वामीले बिहीबार सामाजिक सञ्जालमा भारतले त्यसो गर्न नसके चीनले नेपालमा चलखेल बढाउने खतरा रहेकाे दावीसमेत गरेका छन्। ‘ओली उनकै कदमका कारण अहिले ‘घर न घाट’को अवस्थामा पुर्याएकाे बेला चिनियाँ प्रभावलाई राेक्न भारतले केही गर्नैपर्छ,’ उनले भनेका छन्, ‘चिनियाँहरुले भूमिका बढाउने नै छन् त्यसैले सन्तुलन कायम राख्न भारतले निकै चतुर राजनीतिक चाल चाल्नुपर्छ।’