चक्र कुँवर / – साइन नेपाल धनगढीले शिखर नगरपालिका डोटीमा आइसोलेसन निर्माणका लागि आवश्यक सामाग्री सहयोग गरेको छ । नगरपालिकाले वडा नम्वर ३ को आलीमा निर्माण गरेको २५ वेडको आइसोलेसनका लागि २५ सेट बेड सहयोग गरेको हो ।
साइन नेपाल धनगढीका अध्यक्ष भक्तराज जोशीले बेडीङग म्याट्रेस २५ थान, तन्ना २५ थान, तकीया २५ थान र सुपानेट झुल २५ थान नगर प्रमुख सिताराम जोशीलाई हस्तान्तरण गरेका थिए । अध्यक्ष जोशीले साइन नेपालले केयर एण्ड रिलीफ परियोजनाको आपतकालीन राहात कार्यक्रम अन्र्तगत शिखर नगरपालिकालाई सामाग्री हस्तान्तरण गरेको बताएका छन । साइन नेपाल संस्थाले उपलब्ध गरायको सामाग्रीले नगरपालिकालाई आइसोलेसन संचालनका लागि सहज हुने नगर प्रमुख सिताराम जोशीले बताए ।
सामाग्री हस्तान्तरण कार्यक्रममा नगर उपप्रमुख धौली देवी रावल, प्रमुख प्रसाशकीय अधिकृत प्रमानन्द शर्मा, स्वास्थ्य शाखा प्रमुख हरिश शाह, नेपाल पत्रकार महासंघका अध्यक्ष योगेन्द्र वलायर, रेडियो डोटीका प्रवन्ध निर्देशक चक्र कुँवर लगायतको सहभागीता रहेको थियो । साइन नेपाल धनगढीले डोटी लगायत सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा स्वास्थ्य तथा खाद्यय सामाग्रीहरु सहयोग गरिरहेको छ ।