काठमान्डौं- देशभर १ हजार ७ सय १४ जना डेंगु रोगी थपिएका छन् ।
हालसम्म देशभर ४१ हजार ७ सय ४३ जना सम्भावित डेंगु रोगी देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, थप १ जना डेंगु रोगीको मृत्यु भएको छ । यो सँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको छ ।
गत साउनदेखि सुरु भएको डेंगु रोगको प्रकोप ७७ वटै जिल्लामा फैलिसकेको छ ।