अत्तरिया - कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा शनिबार दर्शकको सहभागिता उल्लेख रहेको थियो । शनिबार बिदा भएकाले स्थानीयहरुको सहभागिता उल्लेख्य रहेको हो ।


महोत्सवमा दर्शकहरुको संख्या बढेपछि स्टल राखेका व्यवसायीहरु पनि खुशी देखिएका छन् । शनिबार महोत्सवमा चर्चित लोक पप तथा देउडा गायक चक्र बम , गायक रेश बि सी लगायतका कलाकारहरु आफ्नो बेजोड प्रस्तुतीले दर्शकलाई भरपुर मनोरन्जन दिएका थिए ।
गायका बमले आफ्ना चर्चित गीतहरु 'ओ काजल , भन साली तेरी दिदि का छे , पहाडि बिग्रियो जाँडको झोलमा, बम्बई गैजाने , ऐ जुनु माया जाल बुनु 'मार्फत दर्शकलाई नचाएका थिए । महोत्सवमा उदघोषण चर्चित उदघोषिका तथा गायिका शोभा त्रिपाठीले गरेकी छन् ।


अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा सातौँ संस्करणको महोत्सव सञ्चालन भईरहेको छ । महोत्सव माघ ९ गते सम्म चल्ने आयोजकले जनाएको छ ।