अत्तरिया - राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल, सुदुरपश्चिम प्रदेस को दोस्रो अधिबेशन कैलालीको लालपुरमा हुने भएको छ । प्रतिस्ठान ले आज अत्तरिया मा पत्रकार सम्मेलन गर्दै सो कुरो को जानकारी दिएको हो । संस्थाका प्रदेश अध्यक्ष पदम बहादुर धामी का अनुसार अधिबेशन पुस २२ -२३ गते दोस्रो अधिबेशन हुने भएको छ । संस्थाका हाल ५६ जिल्लामा जिल्ला शाखा रहेका छन् । अधिबेशन ले आगामी ३ बर्ष को लागि नयाँ नेतृत्व समेत चयन गर्ने छ ।
संस्था को ३ कठ्ठा जमिन सहित को भबन पनि निर्माण भैसकेको संस्थाले जनाएको छ । संस्था का ५२२ जना सुदुरपश्चिम मा सदस्य रहेका छन् भने ९ जिल्लामा नै जिल्ला शाखा रहेका छन् । संस्था का आजिबन सदस्य ३२ जना रहेका छन् । लोकदोहोरी क्षेत्रमा कृयाशिल कलाकारहरुको छाता संस्था को रूपमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान परिचित रहंदै आएको छ ।
