तेजु ओली/ डोटी – तरकारी विक्रि नभएर खेतबारीमै कुहिन थालेपछि डोटीका किसान चिन्तित भएका छन् । जिल्लाको सिखर नगरपालिका १० मा समुह रुपले तरकारी खेती गर्दै आएका किसानहरू यतिबेला मार्कामा परेका हुन । सिखर नगरपालिका १० का नेत्रनाथ योगीले दुई बिघा जमिनमा गरेको तरकारी खेतीमा बजारमा बिक्री नहुँदा दुई लाख भन्दा बढीको क्षति भएको बताए । ‘लगडाउनले नाथ समुदायमा बर्षौ देखि गर्दै आएको तरकारी बिक्री गर्न नपाउँदा बारीमै कुहेको छ ।’ उनले भने ‘पानी परेपछि खानलाई तयार भएको काँक्रा काउली टमाटर पुरै नष्ट भएको छ ।’
उनले तरकारीबाट नाफाको कुरा त परै जाओस साँवा रकम नै घाटा लागेको बताए । ‘खेतमा काउली, काक्रा, खुर्सानी, बन्दा, बोडी, टमाटर,फर्सी लगाएको थिएँ, बजार लैजान नपाए पछि सबै बारीमै कुहिएको छ ।’ उनले भने, ’कतिपय छिमेकीले त्यसै लगे, धेरैजसो पशुचौपायलाई खुवाउदैं छौं ।’
अहिले सबैभन्दा बढी काँक्रा नष्ट भएको उनले बताए । ‘लकडाउन नभएको भए यो सिजनमा दुई लाखको तरकारी मज्जाले बेच्थेँ । तमाटर, काँक्रा, खुर्सानी स्याहार सुसार सकेर परिश्रमको फल लिने बेला सबै नष्ट भयो, किसान जसरी पनि सडक छाप नै भयौँ’, उनले भने ‘बन्दाबन्दीले हामिलाई निकै समस्यामा पारेको छ । कतैबाट सहयोग आउने झिनो आश भने बाँकी छ ।’
५ कुइन्टल भन्दाबढी ७ हजारटबोटा काँक्रा बेच्ने बेला भाको छ । कुहिएर झर्न थालेको र बजारमा काँक्रा प्रती केजी ५० रुपँया बिक्री हुन्छ । कोही किन्न यहाँ आए सस्तो मुल्यमा दिने उनी बताउँछन् । त्यसो त उनी मात्र हैनन् १० बिघा जमिनमा कृषक समुह मार्फत सामूहिक वगर खेती गर्दै आएका सिखर नगरपालीका वडा नं १० कै परी नाथका किसानले पनि लाखौको घाटा व्यहोर्नु परेको छ । ‘उत्पादन धेरै भयो, बिक्री गर्ने समयमा लकडाउनले बजार पु¥याउन पाइएन । यस्तो हुन्छ भन्ने थाहै भएन’, कुहिएको तरकारी देखाउँदै उनले भने ।
यसबेला व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका यहाँका किसानले उत्पादित तरकारी सरकारले नै खरिद गरिदिनु पर्ने अन्यथा क्षतिको राहत दिनु पर्ने बताएका छन् । उनीहरूले आम्दानी लिने बेलामा सधैँ मुल्यको गिरावट, बन्दहडताल जस्तो समस्याले किसान मर्कामा पर्ने गरेको बताएका छन् ।