Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
बिहिवार, माघ १५, २०७७ ११:४८:०७
  Online Radio
  • युनिकोड
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
धरौटीमा छुटे बलात्कार आरोपमा पक्राउ परेका भाईरल अर्जुन बिक
जङ्गी अड्डामा ‘एकीकरण मार्ग बृहत् सेमिनार’ हुँदै
देशभरका १ सय २५ बढी स्थानिय तह प्रमुख प्रशासकीय अधिकृत विहीन
गोदावरीमा पहिलो चरणमा ३ सय १० जनालाई कोरोना विरुद्धको खोप लगाईने
स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु हुदै
राजसंस्था र हिन्दु राज्यको माग राख्दै धनगढीमा आज प्रदर्शन गरिने
कञ्चनपुरमा आफैले पालेको राँगोले हान्दा एकजनाको मृत्यु
कोरोनाको खोप आउँदा खुसी भए सुदूरपश्चिमका स्वास्थ्यकर्मी
बनमन्त्री आलेले सार्वजनिक गरे आफ्ना योजना (के के छन् त योजनाहरु)
कृषि
  • Home
  • News
  • असिनाले गहुँबालीमा क्षति पु-याए पछि भोकमरीको चिन्ता
असिनाले गहुँबालीमा क्षति पु-याए पछि भोकमरीको चिन्ता
64x64
बिहिवार, बैशाख २५, २०७७ गोदावरी न्युज

बैतडी – असिनापानीले बैतडीका विभिन्न स्थानमा लगाइएको गहुँबाली, तरकारीबाली, फलफूल र धानका बेर्नामा क्षति पु¥याएको छ । केही दिनदेखिको लगातार वर्षा र बुधबार साँझ परेको असिनापानीले गहुँबालीमा व्यापक क्षति पु¥याएको किसानले बताएका छन् ।

जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका लगायत क्षेत्रमा गहुँबाली, तरकारीबाली र फलफूल खेतीमा व्यापक क्षति पु¥याएको दशरथचन्द नगरपालिका–२ देहीमाडौँका माया बोहराले बताए । “असिनाले खेतमा पाकेको गहुँ पूर्णरूपमा नष्ट गरेको छ। खेतमा पाकेको गहुँ नष्ट हुँदा भोकमरीको सम्भावना बढेको छ”, उनले भने ।

पाटन क्षेत्रमा किसानले खेतमा राखेको धानको बेर्ना समेत नष्ट गरेको छ । दार्चुलाको शैल्यशिखर नगरपालिकाका पनि विभिन्न स्थानमा असिनाले बालीनाली व्यापक क्षति पु¥याएको किसानले बताएका छन् । बैतडीमा यो वर्ष गहुँ उत्पादनमा कमी आउने सङ्केत देखिएको छ । जिल्लाका धेरै ठाउँमा असिनापानीले गहुँबाली क्षति पु¥याएको तथा पहेँलो सिन्दुरे रोगले पनि गहुँबालीलाई क्षति पु¥याएकाले गहुँ उत्पादनमा कमी आउने देखिएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए ।

जिल्लाको पुर्चौँडी नगरपालिका र डिलाशैनी गाउँपालिकामा असिनाले गहुँबाली व्यापक क्षति र्पुयाएको हो। यस्तै असिनाले सुर्नया गाउँपालिका, मेलौली नगरपालिका र पाटन नगरपालिकामा पनि पनि क्षति पु¥याएको छ । वर्षाले पाक्नै लागेको गहुँ भित्र्याउन सकिएको छैन भने धेरै ठाउँमा असिनाले क्षति पु¥याएको सुर्नया गाउँपालिका–८ का डम्मर बोहराले जानकारी दिए ।

असिना परेको ठाउँमा ७५ प्रतिशत गहुँबाली नष्ट भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । असिनाले गहुँबाली नष्ट भएका कारण यो वर्ष गहुँको उत्पादन भारी गिरावट आउने कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख चन्दको भनाइ छ । मुख्य खाद्यबालीका रूपमा रहेको गहुँबालीमा क्षति र्पुयाएकाले भोकमरी हुने भन्दै किसान चिन्तित बनेका छन् ।

गत वर्ष २४ हजार ५०० मेट्रिकटन गहुँ उत्पादन भएकामा यो वर्ष गहुँ उत्पादन घट्ने देखिएको छ। बैतडीमा १७ हजार ५०० हेक्टर जमिनमा गहुँखेती गरिँदै आएको छ । लगातारको वर्षाले बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लामा अन्नबाली भित्र्याउन समस्या भएको छ । किसानले लगाएको गहुँलगायत अन्नबाली पाकिसकेको भए पनि वर्षाका कारण भित्र्याउन समस्या भएको हो ।

केही दिनदेखि पाकेको गहुँबाली काट्ने चटारो परेको भए पनि पानी पर्न थालेपछि अन्नबाली भित्र्याउन समस्या भएको दोगडाकेदार–६ का स्थानीय गजबहादुर गोयलाले बताए । केही दिन अगाडि परेको असिनापानीले गहुँबालीमा क्षति पु¥याएको भए पनि बाँकी रहेको गहुँसमेत भित्र्याउन नपाएको किसानले बताएका छन् । गएको दुई हप्तादेखि लगाताररूपमा पानी परिरहेकाले काटिसकेको गहुँ समेत थ्रेसिङ गर्न नपाएको दोगडाकेदार–१ रिमका नरेन्द्र विष्टले बताए । उनले भने, “काटिसकेको गहुँसमेत कुहिने अवस्थामा रहेको छ ।”

बैतडी, दार्चुला, बझाङलगायत पहाडी जिल्लाका किसानलाई खेतीपाती भित्र्याउन धौधौ परेको भए पनि वर्षा बाधक बनेको हो । दार्चुलाको शैल्यशिखर नगरपालिका–७ देवथली, काडाँपारीलगायत क्षेत्रमा गहुँ काट्न चटारो परेको भए पनि लगातारको पानीले समस्या भएको स्थानीय गङ्गासागर जोशीले जानकारी दिए । –रासस


प्रकाशित मिति: बिहिवार, बैशाख २५, २०७७, ०७:३०:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
किसानलाई चैते धानको बीउ निःशुल्क वितरण
कृषकले काउलीको बजारमा मूल्य पाएनन्
दार्चुलामा तरकारी उत्पादन बढ्दो
स्वदेशमै तरकारी खेतीमा रमाउँदै कञ्चनपुरका युवा
ताजा समाचार
धरौटीमा छुटे बलात्कार आरोपमा पक्राउ परेका भाईरल अर्जुन बिक बिहिवार, माघ १५, २०७७ 57
जङ्गी अड्डामा ‘एकीकरण मार्ग बृहत् सेमिनार’ हुँदै
देशभरका १ सय २५ बढी स्थानिय तह प्रमुख प्रशासकीय अधिकृत विहीन
गोदावरीमा पहिलो चरणमा ३ सय १० जनालाई कोरोना विरुद्धको खोप लगाईने
स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु हुदै
राजसंस्था र हिन्दु राज्यको माग राख्दै धनगढीमा आज प्रदर्शन गरिने
कञ्चनपुरमा आफैले पालेको राँगोले हान्दा एकजनाको मृत्यु
कोरोनाको खोप आउँदा खुसी भए सुदूरपश्चिमका स्वास्थ्यकर्मी
बनमन्त्री आलेले सार्वजनिक गरे आफ्ना योजना (के के छन् त योजनाहरु)
विश्व/प्रबास
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब एक करोड चार लाख गोदावरी न्युज
आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै गोदावरी न्युज
नेपाललगायतका विदेशी नागरिकलाई जापानले लगायो प्रतिबन्ध गोदावरी न्युज
समाज
धरौटीमा छुटे बलात्कार आरोपमा पक्राउ परेका भाईरल अर्जुन बिक बिहिवार, माघ १५, २०७७
गोदावरीमा पहिलो चरणमा ३ सय १० जनालाई कोरोना विरुद्धको खोप लगाईने बिहिवार, माघ १५, २०७७
स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु हुदै बिहिवार, माघ १५, २०७७
कला /साहित्य
सुदूरपश्चिमकी बमलाई सार्वोत्कृष्ट मोडलको अवार्ड मगलवार, माघ १३, २०७७
नयाँ गीत 'नबाड्याकी ठ्याउकी' सार्वजनिक बिहिवार, माघ १, २०७७
मोडलिङ क्षेत्रमा जमेका कैलालीका भिम खड्का बिहिवार, पुष २३, २०७७
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

रेडियो न्युज सम्पादक:

हेमराज भट्ट

सम्बादाता:

संगिता खड्का

मार्केटिङ अफिसर:

शारदा फुलारा

प्राबिधिक टिम:

प्रदिप भट्ट प्रमोद पन्त

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: govindrosyara@gmail.com
ट्रेण्डिङ
  • # मौसम सम्बन्धि जानकारी
  • #मौसम
  • #कृषि
  • #उपनिर्वाचन
  • #कोरना त्रास
  • #किसानका पिडा
  • #कोरोना त्रास
  • #विश्वमा कोरोना
  • #कोरोना त्रास
  • #महोत्सव
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago