Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
बुधबार, भदौ १, २०७९
  Online Radio
  • युनिकोड
GodaVari FM
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
Hotel chameliya
कृषि
  • गृहपृष्ठ
  • समाचार
  • केराखेतीबाट कन्चनपुरमै प्रशस्त आम्दानी
केराखेतीबाट कन्चनपुरमै प्रशस्त आम्दानी
64x64
शुक्रबार, फागुन १३, २०७८ गोदावरी न्युज
केराखेतीबाट कन्चनपुरमै प्रशस्त आम्दानी

अत्तरिया  -  कृष्णपुर नगरपालिका–४ मौवाफाँटाका ३४ वर्षीय हरेन्द्र बोहरा कृषि पेशा गरेर गाउँमै सबैभन्दा बढी आम्दानी गर्ने किसानका रुपमा परिचत छन्। व्यवसायिक केराखेती, कुखुरा, बङ्गुर र बाख्रापालनमा उनी संलग्न रहँदै आएका छन्। परम्परागत कृषि कार्यलाई आधुनिक तौर तरिका अपनाइ उनले अगाडि बढाउँदै आएका छन्। व्यावसायिक कृषि कार्यका लागि बोहराले सञ्चालन गरेको ‘फोर फक्स क्याटल एण्ड ह्याचरी’मा रु एक करोड २५ लाख लगानी गरेका छन्। व्यावसायिक कृषि कार्यका लागि कृषि विकास बैंकबाट उनले रु एक करोड कर्जा लिएका छन्। पाँच बिघा जग्गामा व्यावसायिक केराखेती गरिएको छ। 

BCM mOTORS

यसबाट वार्षिकरुपमा प्रतिबिघा रु सात लाखदेखि रु नौ लाखसम्मको केरा बिक्री हुने गरेको छ। केराखेती गर्दा प्रतिबिघा लागत खर्च रु तीन लाख ५० हजारजति लाग्ने गरेको छ। लागत खर्च कटाएर रु पाँच लाखदेखि सात लाखसम्म आम्दानी हुने गरेको छ। केराखेतीका लागि बिरुवा रोप्ने, गोडमेल गर्ने, सिँचाइ गर्ने र बजार व्यवस्थापनको कार्यमा बोहरा आफैँ खटिदै आएका छन्। “आवश्यक परेका बेलामात्रै १०÷१५ जना मजदुरलाई ज्यालादारीमा काममा राख्दै आएका छौँ”, उनले भने, “बाँकी समय आफैँ कार्य गर्छौं।”

केरा खेतीलाई उनले एक दशकदेखि अपनाउँदै आएका छन्। “पहिला परम्परागतरुपमा केराखेती हुने गरेको थियो”, उनले भने, “त्यसलाई आधुनिकीकरण गरी खेती गर्न थालेपछि आम्दानी विगतको तुलनामा तेब्बरले बढेको छ।” केराखेतीसँगै बोहरा अण्डा दिने लेयर्सजातका कुखुरापालनको कार्यमा समेत संलग्न छन्। घर नजिकै निर्माण गरिएका दुई वटा फार्ममा पाँच हजार लेयर्सजातका कुखुरापालन गरिएका छन्। फार्ममा पालिएका कुखुराले दैनिक तीन हजारदेखि चार हजार ५०० सम्म अण्डा दिने गरेका छन्। दुवै फार्ममा पालिएका कुखुराबाट दैनिक १०७ क्रेट अण्डा उत्पादन हुने गरेको छ। उत्पादित अण्डा नजिकैका बजारमा सहजरुपमा खपत हुने गरेका छन्। मासिकरुपमा रु १५ लाख र वार्षिकरुपमा रु एक करोड ५० लाख बढीका अण्डा बिक्री हुने गरेका छन्। 


“अण्डा भण्डारण गर्नका लागि उहाँले घरमै विद्युतीय चेम्बरसमेत निर्माण गरेका छन्। बजारमा खपत नभएको अण्डा चेम्बरमा राख्ने गरेको छु”, उनले भने, “बजारमा मागअनुसार अण्डाको आपूर्ति गर्न सहज भएको छ।” सुदूरपश्चिम प्रदेश सरकारको अनुदानमा चेम्बर निर्माण गरिएको छ। तापक्रम व्यवस्थापन गरी चेम्बरमा केरा पकाउने कार्यसमेत हुने गरेको छ। “केरा पकाउनका लागि पहिला बाह्य क्षेत्रमा पठाउनुपर्ने अवस्था थियो”, कृषक बोहराले भने, “घरमै चेम्बरको व्यवस्था भएपछि पाकेको केरा बजारमा सहजरुपमा बेच्न पाएका छौँ।”

उनी सुदूरपश्चिम प्रदेशका उत्कृष्ट किसानका रुपमा पुरस्कृतसमेत भइसकेका छन्। प्रदेश सरकारले उनलाइ उत्कृष्ट किसानका रुपमा केही महिनाअघि पुरस्कृत गरेको थियो। पुरस्कृत भएपछि बोहरालाई कृषि कार्यमा लाग्नका लागि थप हौसला थपिएको छ। बोहराले घरमै डुयुरोक, ल्याण्डरस, हेमसागर जातका उन्नत बङ्गुरका पाठा चितवनबाट ल्याई पालन गरेका छन्। हाल बच्चा र माउ गरी २४ वटा बङ्गुर उनको फार्ममा रहेका छन्। निकट भविश्यमै माछा पोखरी बनाइ त्यसको डिलमा बङ्गुरको फार्म बनाएर अतिरिक्त आम्दानी गर्ने सोच उनको रहेको छ। बङ्गुरसँगै घरमै २५ जति उन्नत जातका बाख्रासमेत पालेका छन्। कुखरा र बङ्गुरका दाना भने बोहराले बाह्य क्षेत्रबाट खरिद गरेर ल्याउदैनन्। घरमै रहेको दाना बनाउने उद्योगबाट उहाँले दाना तयार गर्दै आएका छन्।

“बजारबाट खरिद गर्ने दानाभन्दा घरमै रहेको उद्योगबाट उत्पादित दाना प्रतिकिलो रु सात देखि १० सम्म सस्तो पर्छ”, उनले भने, “बजारको भन्दा गुणस्तरीय पनि हुन्छ। जसबाट उत्पादन लागत घटनासँगै आम्दानी चाहे जस्तै हुन्छ। बजारमा दानाको अभाव हुँदा पनि समस्या हुँदैन।” सुदूरपश्चिम सरकारको ५० प्रतिशत अनुदानमा दाना उद्योग उनले स्थापना गरेका हुन्। हरेन्द्रका बुवाले २०७० सालअघि घरमै व्यावसायिकरुपमा गाईपालनको कार्य गर्दै आएका थिए। थोरै जग्गामा केराखेतीलाई समेत अँगालेका थिए। मजदुरको अभावमा गाईपालनको कार्य फस्टाउन सकेन। त्यसबेला काठमाडौँस्थित शङ्करदेव क्याम्पसबाटमा हरेन्द्र स्नातकोत्तरमा पढ्दै थिए। व्यवस्थापनतर्फको एमबिएसको शिक्षा ग्रहण गरेपछि बोहराले केही महिना गोल्छा अर्गनाइजेसनमा काम गरे। काम गरेकै बेला घरमै फर्केर केही गर्नुपर्छ। त्यो कार्य कृषिबाटै सम्भव हुने देखेर उनी घर फर्किए। 

घर फर्केपछि, “केही महिना बुवासँगै काम गर”, उनले भने, “परम्परागतरुपमा गरिएको कार्य भएकाले लागत खर्च धेरै हुने र आम्दानी थोरै हुने गरेको थियो।” परम्परागत कार्यलाई परिमार्जन गरी आधुनिक तरिकाले केरा खेतीलाई अगाडि बढाउन उनी अग्रसर भए। “केराखेतीका लागि अगाडि बढाउनका लागि उहाँले सुरुमा बैंकबाट रु २० लाख कर्जाका रुपमा रकम लिए। कर्जाका रुपमा लिएको रकमले केराखेतीमा लगानी गरी प्रतिफल आशा गरेभन्दा बढी भएपछि त्यसलाई व्यवसायीकरण गरी विस्तार गरे”, उनले भने, “बैंकको व्याज र कर्जाबापत लिएको ऋण तिर्न भ्याए। त्यसपछि बैंकबाट थप कर्जा लिई कुखुरापालनको कार्य अगाडि बढाए। कृषि कार्यमा प्रयुक्त हुने पम्पसेट, विद्युतीय मोटर, ट्र्याक्टर, ट्राली, पावर टिलर सबै जोड्न सफल भए।” उत्पादित कृषिजन्य वस्तु बजारसम्म ढुवानी गर्नका लागि हरेन्द्रसँग पिकप भ्यानसमेत रहेको छ। 

आम्दानी गर्ने स्रोत धेरै भए पनि पढेका युवाले गर्र्नै नमान्ने कृषि पेशालाई व्यावसायिकरुपमा अपनाएको उनी बताउछन्। “शिक्षित व्यक्तिले कृषि कार्य गरे समाजमा असल सन्देश जान्छ”, उनले भने, “त्यसैले यस पेशामा जोस र जाँगरका साथ लागेको छु। यसमै खुसी छु।” टेक्निकल कलेजमा लेखापालको पदमा कार्यरत बोहराका श्रीमतीलेसमेत जागिर छाडेर उनको कृषि कार्यमा साथ दिँदै आएका छन्। उनी भन्छन्, “कृषि पेशालाई निर्वाहमुखी नभएर व्यावसायिक बनाउनका लागि राज्यको नीतिमै निकै फेरबदल गर्नुपर्छ। राज्यको नीति निर्माण गर्ने तहमा कृषिमा संलग्न व्यक्तिकोसमेत प्रतिनिधित्व भए।” सबल कृषि नीति निर्माण भई कृषिबाटै सवल अर्थतन्त्र निर्माण गर्न सकिन्छ। युवालाई कृषि कार्यमा सहजरुपमा लाग्नका लागि वातावरण कायम गरिनुपर्छ। त्यसपछि मात्रै देशले विकासमा फड्को मार्न सक्छ।” सफल किसानका रुपमा परिचित हरेन्द्रबाट प्रेरणा लिएर हाल धेरै जना युवा कृषि पेशामासमेत संलग्न हुन थालेका छन्। 
 

रासस
 


प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८, ०२:३६:००
https://www.godawarinews.com/
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कैलाली धान र गहुँको उन्नत बिउबिजन उत्पादनमा  आत्मनिर्भर
कैलाली धान र गहुँको उन्नत बिउबिजन उत्पादनमा आत्मनिर्भर
बेमौसमी वर्षाले धानबालीमा क्षति व्यहोरेका पीडित किसान राहत रकम पाउँदा खुसी
बेमौसमी वर्षाले धानबालीमा क्षति व्यहोरेका पीडित किसान राहत रकम पाउँदा खुसी
बाँदरले तरकारी सखाप पारेपछि कञ्चनपुरका किसान मारमा
बाँदरले तरकारी सखाप पारेपछि कञ्चनपुरका किसान मारमा
डोटीका किसानलाई कोदो रोप्ने चटारो
डोटीका किसानलाई कोदो रोप्ने चटारो
ताजा समाचार
थप ८४८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु थप ८४८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु मंगलबार, साउन ३१, २०७९
माओवादी केन्द्र ७१ नम्बरमा दर्ता
माओवादी केन्द्र ७१ नम्बरमा दर्ता
सुदूरपश्चिममा थप ४५ जनामा कोरोना पुष्टि
सुदूरपश्चिममा थप ४५ जनामा कोरोना पुष्टि
कैलालीको लम्कीमा डेंगुको संक्रमण
कैलालीको लम्कीमा डेंगुको संक्रमण
कैलाली अदालतका कर्मचारी विरुद्ध उजुरी दर्ता
कैलाली अदालतका कर्मचारी विरुद्ध उजुरी दर्ता
स्वतन्त्र भएका देशहरू आज विकसित देश हुँदै गएका छन्-  अध्यक्ष बोगटी
स्वतन्त्र भएका देशहरू आज विकसित देश हुँदै गएका छन्- अध्यक्ष बोगटी
बिषादी सेवनबाट कञ्चनपुरमा एक जनाको मृत्यु
बिषादी सेवनबाट कञ्चनपुरमा एक जनाको मृत्यु
अज्ञात व्यक्तिद्धारा धनगढीको देवहरिया गौशालामा तोडफोड
अज्ञात व्यक्तिद्धारा धनगढीको देवहरिया गौशालामा तोडफोड
सुदूरपश्चिम प्रदेशमा बुधबार सार्वजनिक बिदा 
सुदूरपश्चिम प्रदेशमा बुधबार सार्वजनिक बिदा 
विश्व/प्रबास
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा गोदावरी न्युज
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित गोदावरी न्युज
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै गोदावरी न्युज
hamro patro
समाज
कैलाली अदालतका कर्मचारी विरुद्ध उजुरी दर्ता
कैलाली अदालतका कर्मचारी विरुद्ध उजुरी दर्ता मंगलबार, साउन ३१, २०७९
बिषादी सेवनबाट कञ्चनपुरमा एक जनाको मृत्यु
बिषादी सेवनबाट कञ्चनपुरमा एक जनाको मृत्यु मंगलबार, साउन ३१, २०७९
अज्ञात व्यक्तिद्धारा धनगढीको देवहरिया गौशालामा तोडफोड
अज्ञात व्यक्तिद्धारा धनगढीको देवहरिया गौशालामा तोडफोड मंगलबार, साउन ३१, २०७९
कला /साहित्य
अभिनेता अनुपविक्रम शाही कांग्रेसमा प्रवेश अभिनेता अनुपविक्रम शाही कांग्रेसमा प्रवेश शुक्रबार, साउन २७, २०७९
कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने शुक्रबार, असार ३१, २०७९
भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने बिहिबार, असार ९, २०७९
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

सम्बादाता:

संगिता खड्का बसन्ती धामी प्रमोद पन्त

मार्केटिङ अफिसर:

नरेश नाथ योगी

प्राबिधिक टिम:

राज बुढा क्षेत्री राजेश ओझा

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2022 All rights reserved.
Site by: SoftNEP