डाेटी-शिखर नगरपालिका वडा नम्बर ४ गरूडीमा जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
लुवाखडीबाट यात्रु बाेकेर शिखर नगरपालिका- ५ तिजाली तर्फ जान लागेकाे ना १ ज ३१५२ काे जीप दुर्घटना भएकाे हाे ।
बिहीबार बेलुकी करिब ६ बजेतिर दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।
जीप सडकबाट १५ मिटर तल खसेकाे छ ।
जीपमा क्षमताभन्दा बढी यात्रु भएका कारण दुर्घटना भएकाे बताइएकाे छ । जीपमा करिब ३० जना यात्रु रहेका जनाइएकाे छ ।
घाइतेहरूलाई दिपायलस्थित शैलेश्वरी अस्पतालमा लगिएकाे छ ।
अधिकांश यात्रुहरू शुक्रबार हुने स्थानीय तहकाे निर्वाचनका लागि भाेट हाल्न जिल्ला बाहिरबाट आएका थिए ।