धनगढी -सुदुरपश्चिम प्रदेश सभा बैठक स्थगित गरिएको छ । प्रदेश सभामा रहेका प्रतिपक्षी दल नेपाली काँग्रेस र राजपाको अवरोधपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको हो ।
प्रदेश सरकारले कोरोना नियन्त्रण तथा रोकथाम प्रभाबकारी काम गर्न नसकेको भन्दै दुई बिपक्षी दलहरुले बुधबार को प्रदेश सभा बैठकमा अवरोध गरेका छन् ।उनीहरुको अवरोधपछि १२ गते विहान ८ बजेसम्मका लागि प्रदेश सभा बैठक स्थगित भएको छ।
सुदूरपश्चिम प्रदेश सरकारले कोरोना नियन्त्रणमा काम गर्न नसकेकाले प्रदेश सभा बैठक अबरोध गरिएको नेपाली काँग्रेस संसदिय दलका नेता रणबहादुर रावलले बताए ।
उनले कोरोना पोजेटिभ देखिएकालाई पनि निको नहुदै घर पठाउने, पिसीआर परिक्षण बढाउन माग गर्दा पनि ब्यवास्ता गरेको लगायत धेरै कुराहरु अस्तब्यबस्त रहेको बताए ।
प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका नाममा करोडौं रकम खर्च गरेपनि संक्रमण रोक्न नसकेको र परिक्षणको दायरा वढाउन नसकेको रावलको आरोप छ ।