धनगढी -नेपाली सेनाले एतिहासिक किल्ला पुनर्निर्माणको काम सुरु गरेको छ। नागरिक सैनिक सम्बन्ध बिस्तार अन्तरगत स्थानीयसँग समन्वय गरेर एतिहासिक किल्ला पुनर्निर्माणको काम सुरु गरेको हो। कैलालीको देवी दल गण अत्तरिया तेघरीले गोदावरी नगरपालिकाको वडा नम्बर १२ मा रहेको तारागढीको पुनर्निर्माण गरेको छ। गोदावरी नगरपालिकामै पर्ने अर्को ताराकोटको पनि नेपाली सेनाले पुनर्निर्माण गरेको छ।
१६ लाख बढीमा निर्माण गरिएका तारागढी र ताराकोट आइतबार गोदावरी नगरपालिकाका प्रबक्ता गोपालदत्त भट्ट मार्फत स्थानीय तहलाई हस्तान्तरण गरिएको छ। अत्तरिया तेघरीमा रहेको दवी दल गणले स्थानीय तहसँग समन्वय गरेर निर्माण गरिएका उक्त एतिहासिक किल्ला गोदावरी नगरपालिकालाई हस्तान्तरण गरिएको हो।
आइतबार उक्त किल्ला उद्घाटन कार्यक्रम आयोजना गर्दै स्थानीय तहलाई हस्तान्तरण गरिएको देवी दल गण तेधरी अत्तरियाले जनाएको छ। उक्त कार्यक्रममा देवी दल गणका गणपति सुनिल मल्ल, गोदावरी नगरपालिकाका प्रबक्ता गोपालदत्त भट्ट , वडा नम्बर १२ का वडा अध्यक्ष भिम खड्का, वडा नम्बर १० का वडा अध्यक्ष रबिन्द्र शाही, वडा नम्बर ११ का वडा अध्यक्ष प्रेम सिं बडैला लगाएतका जनप्रतिनिधि र सेनाका अन्य उच्च अधिकारीहरुको सहभागि रहेको थियो।
उक्त किल्लाको एतिहासिक महत्व रहेको छ। विगतमा अग्रेजहरुसँग लडाइ हुँदा राजाका सेनाहरु उक्त गढीमा बसेका थिए। सो समयमा निर्माण गरिएका गढीहरु जिर्ण थिए। तीसँगै अन्य स्थानमा रहेका ऐतिहास गढीहरु पुनर्निर्माण गर्ने नेपाली सेनाले जनाएको छ।