अत्तरिया - सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनाको अबस्था डरलाग्दो रहेको छ । यस प्रदेशमा अझै पनि सवारी दुर्घटनामा कमी आउन नसक्दा अबस्था डरलाग्दो रहेको हो । चालु आर्थिक बर्षमा मात्रै ३२७ सवारीसाधन दुर्घटनामा परेका छन् ।
चालु आर्थिक बर्षको पछिल्लो ७ महिनाको अबधिमा ३२७ सवारीसाधनहरु दुर्घटना हुदाँ ११३ जनाको मृत्यु भएको छ ।
जसमा पुरुष ८६ , महिला १९ र ८ बालबालिका रहेका छन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्यङक अनुसार यही अबधिमा २४४ जना गम्भीर घाइते भएका छन् । सोही दुर्घटनामा परेर १८३ पुरुष, ३४ महिला र २५ बालबालिका गम्भिर घाईते भएका हुन् भने ३६९ जना समान्य घाइते भएका छन् ।
सामान्य घाईते हुनेहरुमा २७८ पुरुष, ६६ महिला र २५ बालबालिका रहेका छन् । यसमा सबै भन्दा बढी मोटरसाईकलहरु दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
पुरानो सवारी सधानहरु हुनु , मापसे गरेर सवारी साधनहरु चलाउनु , सडकको अबस्था , तिब्र गति र ओभरटेक गर्नु , मोबाइलको प्रयोग लगाएतका कारणले सवारी दुर्घटनामा कमी आउन नसकेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
दुर्घटना न्यूनिकरणका लागि चालक र यात्रु दुवै जना सचेत बन्नुपर्ने प्रहरीको भनाई छ ।