अत्तरिया - धनगढीमा राष्ट्रिय प्रजातन्त्र पार्टीको आमासभाको आयोजना गरिएको छ । विहिवार हुने आमसभालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने भएका छन् ।
सो आमसभालाई सम्बोधन गर्नका लागि राप्रपा अध्यक्ष लिङ्देन धनगढी आउने भएका हुन् ।
धनगढीको पार्क मोडमा हुने राप्रपाको आमसभालाई अध्यक्ष लिङ्देनसहित पार्टीका बरिष्ठ नेता डाक्टर प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष विक्रम पाण्डे, महासचिव धवलशमशेर राणा र भुवन पाठक तथा केन्द्रीय सदस्य जयन्त चन्दले संवोधन गर्ने कार्यक्रम रहेको छ ।