धनगढी - सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख देवराज जोशीले शुक्रबार धनगढी पुगेका छ्न ।
धनगढीस्थित प्रदेश प्रमुखको कार्यालयमा आज दिउसो प्रदेश प्रमुख जोशीले पदभार ग्रहण गर्नुहुने कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
यसअघि, प्रदेश प्रमुख देवराज जोशीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढी विमानस्थलमा स्वागत गरेका छन ।
प्रदेश प्रमुख जोशीको स्वागतका लागि मुख्यमन्त्री भट्टसँगै मन्त्रीहरू, सुरक्षा अधिकारीलगायत विमानस्थलमा पुगेका थिए ।