Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
सोमवार, फाल्गुन १७, २०७७ १०:४०:३३
  Online Radio
  • युनिकोड
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
सुदूरपश्चिम प्रदेश सभाको आजको बैठक स्थगित
प्रेस संगठन नेपाल कञ्चनपुरको जिल्ला भेला सम्पन्न
कन्चनपुरको शुक्लाफाटा जङ्गलमा सडक दुर्घटना मा परी सोमबार दुई जनाको मृत्यु
राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गतेका लागि प्रतिनिधिसभा बैठक आह्वान
सोमबार थप ३ जना कोरोना संक्रमितको मृत्यु
अवैध काठसहित कञ्चनपुरमा २ जना पक्राउ
कैलालीमा एक पुरुष मृत फेला
खोलामा लडेर गम्भीर घाइते भएका पत्रकारको उद्धार नै भएन
अछामको मङ्गलसेन नगरपालिका क्षेत्रका विभिन्न बजारमा सोलार बत्ती जडान
सुदुरपश्चिम प्रदेश
  • Home
  • News
  • जग्गाको लालपुर्जा पाइने आशामा कैलालीका स्थानियहरु
जग्गाको लालपुर्जा पाइने आशामा कैलालीका स्थानियहरु
64x64
शनिवार, माघ २४, २०७७ गोदावरी न्युज

सुदूरपश्चिम - तीन दशकदेखि ऐलानी जग्गामा बसोवास गर्दै आएका धनगढी उपमहानगरपालिका–१३ का जागुराम चौधरी पुर्जा उपलब्ध हुने भन्दै खुशी छन् । उनले आफूले चर्चेको जग्गा दर्ताका लागि यसअघि पटकपटक गठन भएका सुकुम्बासी समस्या समाधान आयोगमा निवेदन दिए ।

अहिलेसम्म धनीपुर्जा बन्न सकेको छैन । पछिल्लो पटक भूमिसम्बन्धी समस्या समाधान आयोग र नगरपालिका कार्यालयको संयुक्त पहलमा ऐलानी तथा पर्ति जग्गामा बसेका अव्यवस्थित बसोवासीको लगत सङ्कलन कार्य भइरहँदा भने धनीपुर्जा पाउने आशामा रहेको चौधरीले बताएका छन् ।

अर्का स्थानीयवासी मीनबहादुर कुँवर अहिले स्थानीय सरकारलाई अधिकार दिइएकोे अवस्थामा दशकौँदेखि ऐलानी जग्गामा बसोवास गरेका परिवारमा आफ्नो भोगचलनको आधारमा जग्गाको धनीपुर्जा पाउने विश्वास जागेको बताउँछन् ।

“सहरी क्षेत्रमा रहेका नगर विकास समितिले अहिलेसम्म बजार आसपासको ऐलानी जग्गा दर्ता गर्ने गरेर कमाइ गर्ने माध्यम मात्र बनाए”, उनले भने, “सहरी क्षेत्रकै ग्रामीण वडालगायतका बस्तीमा पुर्जा दिने पहल नहुँदा बसोवास गर्दै आएकाहरु जग्गा दर्ता हुनबाट वञ्चित हुनुपरेको अवस्था छ ।”

बाइस वर्षअघि धनगढीको फूलबारीमा एक कट्ठा ऐलानी जग्गामा बसोबास गरिरहनु भएका फूलराम चौधरीको जग्गा अर्कै व्यक्तिको नाममा परेपछि उनी अन्योलमा छन् । तत्कालीन सुकुम्बासी समस्या समाधान आयोगको टोलीले फूलरामले खरिद गरेर भोगचलन गर्दै आएको जग्गा कित्ताकाट गरेर अर्कै व्यक्तिको नाममा परेको जानकारी भएपछि उनी अहिले अन्योलमा परेका हुन् ।

वास्तविक भूमिहीनलाई जग्गा खोजेर बसोबास गराउने र ऐलानी तथा पर्ति जग्गामा बसेकालाई उनीहरुले चर्चेको जग्गाको पुर्जा दिन सकेमा मात्र घरघरमा सिंहदरबार आएको अनुभूति हुने कतिपयको भनाइ छ । ऐलानी जग्गामा वर्षौदेखि बसोवास गरिरहेकाहरु जग्गा दर्ता हुनेमा खुशी देखिए पनि दर्ता गर्दा लिइने राजश्व रकम कसरी जुटाउने भन्ने चिन्तामा छन् । जग्गाको मूल्याङ्कनका आधारमा राजश्व रकम लिने मापदण्ड बनाइएको छ ।

“मूल्याङ्कनको आठ देखि २०० प्रतिशतसम्म राजश्व रकम लिएर जग्गा दर्ता गरिदिने कुरा सुुनिएको छ”, स्थानीय रामबहादुर चौधरीले भने, “यति धेरै राजश्व रकम जुटाउन नसक्ने ग्रामीण बस्तीका बासिन्दाले चिन्ता व्यक्त गरिरहेका छन् ।” गरिबीका कारण नम्बरी जग्गा खरिद गर्न नसकेर ऐलानीमा बस्दै आएकालाई पुर्जा दिने नाममा आयोगले कमाउने माध्यम बनाउन नहुने चौधरी बताउँछन् ।

भूमिहीन दलित र भूमिहीन सुकुम्बासीका लागि रातो रङ्गको र अव्यवस्थित बसोवासीका लागि सेतो रङ्गको फाराम भर्न लगाएर लगत सङ्कलनको काम भइरहेको छ । लगत सङ्कलन गर्न उपमहानगरपालिकामा स्थापना भएको एकाइ कार्यालयका प्रमुख बागेश्वरदत्त ओझाले ३५दिने सूचना प्रकाशित गरी लगत सङ्कलन कार्य भइरहेको बताए ।

“बनाइएको कार्यविधिअनुसार आउने असार महिनाभित्रै नापनक्सा गरिसक्नु पर्ने भन्ने छ”, ओझाले भने, “लगत सङ्कलन र नापनक्सा भइसकेपछि यसको प्रविष्टि तयार पारेर केन्द्रमा पठाउन भनिएको छ ।” आयोगले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको समस्या समाधानका लागि पालिकाहरुसँग सम्झौता गरिरहेको जनाइएको छ ।

स्थानीय पालिकाका प्रमुखको संयोजकत्वमा एक सहजीकरण समिति गठनको व्यवस्था गरिएको छ । कैलालीमा भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोवासी ठूलो सङ्ख्यामा छन् ।

ऐलानी जग्गामा बसेको दशकौँ भए पनि उसको नाममा जग्गा दर्ता हुन सकेको छैन । यस्तो जग्गामा बसोबास गर्ने परिवारलाई बिजुली, पानी, सडकलगायतको सेवा सुविधा भने सरकारी निकायबाट उपलब्ध भइरहेको छ । रासस


प्रकाशित मिति: शनिवार, माघ २४, २०७७, ०७:०४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुदूरपश्चिम प्रदेशसभावाट बालबालिका सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित
कञ्चनपुर–डडेल्धुरा जोड्ने बङ्क–नायल–बुडर सडक निर्माण शिलान्यास
सुदूरपश्चिम प्रदेश सरकार गठन भएको तीन बर्ष पुरा
प्रधानमन्त्री केपी शर्मा आज सुदूरपश्चिम आउदै
ताजा समाचार
सुदूरपश्चिम प्रदेश सभाको आजको बैठक स्थगित सोमवार, फाल्गुन १७, २०७७ 26
प्रेस संगठन नेपाल कञ्चनपुरको जिल्ला भेला सम्पन्न
कन्चनपुरको शुक्लाफाटा जङ्गलमा सडक दुर्घटना मा परी सोमबार दुई जनाको मृत्यु
राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गतेका लागि प्रतिनिधिसभा बैठक आह्वान
सोमबार थप ३ जना कोरोना संक्रमितको मृत्यु
अवैध काठसहित कञ्चनपुरमा २ जना पक्राउ
कैलालीमा एक पुरुष मृत फेला
खोलामा लडेर गम्भीर घाइते भएका पत्रकारको उद्धार नै भएन
अछामको मङ्गलसेन नगरपालिका क्षेत्रका विभिन्न बजारमा सोलार बत्ती जडान
विश्व/प्रबास
भारतले नेपालमा चतुर कदम चाल्नुपर्छ : बिजेपी नेता गोदावरी न्युज
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब एक करोड चार लाख गोदावरी न्युज
आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै गोदावरी न्युज
समाज
सुदूरपश्चिम प्रदेश सभाको आजको बैठक स्थगित सोमवार, फाल्गुन १७, २०७७
अवैध काठसहित कञ्चनपुरमा २ जना पक्राउ सोमवार, फाल्गुन १७, २०७७
कैलालीमा एक पुरुष मृत फेला सोमवार, फाल्गुन १७, २०७७
कला /साहित्य
सुदूरपश्चिमकी बमलाई सार्वोत्कृष्ट मोडलको अवार्ड मगलवार, माघ १३, २०७७
नयाँ गीत 'नबाड्याकी ठ्याउकी' सार्वजनिक बिहिवार, माघ १, २०७७
मोडलिङ क्षेत्रमा जमेका कैलालीका भिम खड्का बिहिवार, पुष २३, २०७७
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

रेडियो न्युज सम्पादक:

हेमराज भट्ट

सम्बादाता:

संगिता खड्का

मार्केटिङ अफिसर:

शारदा फुलारा

प्राबिधिक टिम:

प्रदिप भट्ट प्रमोद पन्त

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: govindrosyara@gmail.com
ट्रेण्डिङ
  • # मौसम सम्बन्धि जानकारी
  • #मौसम
  • #कृषि
  • #उपनिर्वाचन
  • #कोरना त्रास
  • #विश्वमा कोरोना
  • #किसानका पिडा
  • #कोरोना त्रास
  • #‘सुदुरपश्चिम प्रादेशिक महोत्सव २०७६ ’
  • #कोरोना त्रास
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago