दार्चुला -जिल्लामा आज भुकम्पको धक्का महसुस गरिएको छ । भुकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तिर्थराज दाहालका अनुसार ४ दशमलब २ रेक्टर स्केलको भूकम्प गएको हो । बिहान ९ बजेर ४८ मिनेटमा गएको उक्त भूकम्पको केन्द्रबिन्दु दार्चुलाको सुनसेरा आसपास रहेको उनले बताए ।