Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
मगलवार, माघ १३, २०७७ ०५:३१:५८
  Online Radio
  • युनिकोड
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
युथ डेमोक्रेटि फोरम कैलाली अध्यक्षमा भट्ट चयन
सोमबार थप १० जना कोरोना संक्रमितको मृत्यु
सुदूरपश्चिम स्पोर्टस अवार्डलाई माया मेट्रो हस्पिटलको साथ
प्रधानमन्त्रीद्धारा राप्ती नदीमा पुल उद्घाटन
बाजुरामा जीप दुर्घटना हुँदा ६ जना घाइते
कञ्चनपुरमा हात्तीको बथानले घर भत्काउदाँ १३ परिवार विस्थापित
प्रतिनिधिसभा विघटनविरुद्ध संबैधानिक इजलासमा सोमबार पनि सुनुवाई जारी
सुनको मूल्य घट्यो
किसानलाई चैते धानको बीउ निःशुल्क वितरण
सुदुरपश्चिम प्रदेश
  • Home
  • News
  • गेटा मेडिकल कलेज निर्माणको काम अन्तिम चरणमा, मेडिकल शिक्षामा फड्को मार्दै सुदूरपश्चिम
गेटा मेडिकल कलेज निर्माणको काम अन्तिम चरणमा, मेडिकल शिक्षामा फड्को मार्दै सुदूरपश्चिम
64x64
सोमवार, पुष २०, २०७७ गोदावरी न्युज

सुदूरपश्चिम- निकट भविष्यमा आफ्नै गाउँठाउँमा मेडिकल शिक्षा अध्ययन गर्न पाउने सम्भावना बढ्दा सदूरपश्चिम प्रदेशवासी खुशी देखिएका छन्।

प्रदेशको राजधानी जिल्ला कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजका संरचना निर्माणको काम अन्तिमचरणमा पुगेसँगै निकट भविष्यमा मेडिकल शिक्षाको अध्ययन गर्न पाइने आशा स्थानीयवासीमा जागेको हो। स्थानीय शिक्षक गोविन्द ओझाले मेडिकल कलेज सञ्चालन हुने अवस्था देखिँदा प्रदेशमा मेडिकल शिक्षामा समृद्धि आउने विश्वास व्यक्त गरे।

“यसले मेडिकल पढ्ने मात्र नभइ गुणस्तरीय स्वास्थ्यसेवा प्रदान गर्नमा समेत योगदान पु¥याउने आशा छ”, ओझाले भने, “कलेज सञ्चालनमा आउँदा यस क्षेत्रको आर्थिक र रोजगारी सिर्जनामा समेत ठूलो टेवा पुग्ने छ।” साविकको सेती अञ्चल अस्पताल धनगढीका मेडिकल सुपरिटेण्डेन्ड डा गणेशबहादुर सिंह कलेज सञ्चालन हुँदा प्रदेशको समग्र विकासका लागि कोषेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्छन।

“विगतमा सीमित व्यक्तिले मात्रै छात्रवृत्तिमार्फत् मेडिकल शिक्षा पढ्न पाउँथे, कतिपय व्यक्ति आफ्नै खर्चमा पढ्न विदेश जान्थे”, उनले भने “गेटा मेडिकल कलेज सञ्चालनबाट आफ्नै ठाउँमा मेडिकल शिक्षा पढ्न चाहनेको सपना पूरा हुने भई मेडिकल शिक्षामा क्रान्ति नै हुने सम्भावना छ।”

निर्माणाधीन उक्त मेडिकल कलेजका अधिकांश संरचना चालू आर्थिक वर्षभित्र पूरा हुन लागेका छन्। “चालू वर्षभित्रै सबै संरचना तयार पारेर कलेज सञ्चालनको प्रक्रियामा जाने सोच बनाएका छौ”ं, कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक भीमबहादुर साउदले भने, “अहिलेसम्म औषतमा ८० प्रतिशत निर्माण कार्य पूरा भइसकेको छ।”

प्रदेशमा मेडिकल शिक्षाको समृद्धिसँग जोडिएको गेटा मेडिकल कलेज सरकारको प्राथमिकता प्राप्त आयोजना हो। निर्माण शुरु गरिँदा ८ अर्ब ३४ करोड लागत अनुमान रहेको सो आयोजनाको गुरुयोजना अद्यावधिक हुँदा निर्माणको लागत अनुमान बढ्ने जनाइएको छ।

शुरुका वर्षमा कलेजका संरचना निर्माणको प्रक्रिया अघि बढाउँदा उत्पन्न बाधा अवरोध र झन्झटिलो प्रक्रियाका कारण कलेज स्थापना हुने नहुनेमा अन्योलता सिर्जना देखिएको थियो। पछिल्ला वर्षमा कलेजका संरचना निर्माण कार्यले गति लिएपछि भने छिट्टै कलेज सञ्चालनमा आउने आशामा स्थानीयवासी छन्। स्थानीयवासी मानबहादुर चौधरीले कलेजका भवन संरचना निर्माण काम धमाधम भइरहँदा छिटो पठनपाठन हुनेमा आशा जागेको बताए।

सरकारले विसं २०६६ मा मेडिकल कलेज स्थापनाको घोषणा गरेको थियो। प्रक्रियागत ढिलाइका कारण निर्माण कार्य भने चार वर्षअघि मात्रै शुरु भएको थियो। अहिलेसम्म कलेज भवनको निर्माण पूरा भइसकेको छ। अस्पताल भवन र प्रशासनिक भवनको काम ९५ प्रतिशत पूरा भएको छ। छात्रावास भवनको ८० प्रतिशत र आवास गृहको काम ५० प्रतिशत सकिएको छ। निर्माणस्थलमा विभिन्न २४ संरचना निर्माणधीन छन्।

आगामी फागुनसम्म पानी, विद्युत, फोहर व्यवस्थापनलगायतका काम शुरु गर्न लागिएको छ। मेडिकल कलेज परिसरको मूल बाटो निर्माणका साथै कलेज निर्माण स्थलको उत्तरतर्फ रहेको नदी नियन्त्रणको काम पनि भइरहेको छ।

६ सय श्ययाको निर्माण गर्ने लक्ष्य
कलेजका अस्पताल भवनलगायतका संरचनाको निर्माणमा शर्मा राजेन्द्र कुमार कम्पनी, लुम्बिनी कुमार के.एस् र रविना कन्ट्रक्सन प्रालि संलग्न रहेका छन्। संरचना निर्माण कार्य अन्तिमचरणमा पुगेको भए पनि कलेजलाई कुन प्रारुप(मोडेल)मा सञ्चालन गर्ने भन्ने विषयमा टुङ्गो लाग्न भने बाँकी छ।

नेपाल सरकारले कलेज सञ्चालनको प्रारुपका बारेमा विधेयक तयार पारेर यसअघि नै कानूनी परामर्श गरिसकेको जनाएको छ। कार्यकारी निर्देशक साउदले भने, “कुन प्रारुपमा कलेज सञ्चालन गर्ने भन्ने टुङ्गो नलाग्दासम्म तत्कालका लागि वैकल्पिक व्यवस्था गरेर भए पनि कलेज सञ्चालन गर्न सकिन्छ।” संरचना निर्माणको काम पूरा भएपछि आगामी आर्थिक वर्षदेखि अस्पताल सञ्चालन सँगसँगै पठनपाठन शुरु गर्न सकिने देखिएको छ।

एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानअन्तर्गत कलेज सञ्चालन हुने सम्भावना रहेको बताइएको छ। कलेज निर्माणका लागि सरकारले छुट्याइएको ५१ दशमलब आठ हेक्टर जग्गामा रहेका रुख कटानीका लागि भएको ढिलाइलगायतका कारणले शुरुको अवस्थामा कलेज निर्माण सम्बन्धी पूर्वाधारको निर्माणको काम अघि बढाउन ढिलाइ भएको थियो।

कलेजको भोगाधिकारमा रहेको जग्गामध्ये झण्डै छ बिघा जग्गामा मुक्तकमैया परिवारको बसोबास छ। उनीहरुलाई अन्यत्र पुनस्र्थापन गराउनका लागि पहल थालिएको छ। मुक्तकमैया बसेको उक्त जग्गामा मेडिकल कलेजअन्तर्गतको ट्रमा सेन्टरलगायतका संरचना निर्माण गर्ने योजना रहेको बताइएको छ। रासस


प्रकाशित मिति: सोमवार, पुष २०, २०७७, ०२:४९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुदूरपश्चिमका पहाडी क्षेत्रमा स्थानीय रैथाने जातका भैँसी लोप हुँदै
कोभिडविरुद्ध १६ हजार मात्रा खोप सुदूरपश्चिममा आउँदै
प्रधानमन्त्री ओलीका कारण जनतासामु माफी माग्नु पर्ने भयो : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिमका स्थानीय तहमा वित्तीय पहुँच पुग्दै
ताजा समाचार
युथ डेमोक्रेटि फोरम कैलाली अध्यक्षमा भट्ट चयन सोमवार, माघ १२, २०७७ 49
सोमबार थप १० जना कोरोना संक्रमितको मृत्यु
सुदूरपश्चिम स्पोर्टस अवार्डलाई माया मेट्रो हस्पिटलको साथ
प्रधानमन्त्रीद्धारा राप्ती नदीमा पुल उद्घाटन
बाजुरामा जीप दुर्घटना हुँदा ६ जना घाइते
कञ्चनपुरमा हात्तीको बथानले घर भत्काउदाँ १३ परिवार विस्थापित
प्रतिनिधिसभा विघटनविरुद्ध संबैधानिक इजलासमा सोमबार पनि सुनुवाई जारी
सुनको मूल्य घट्यो
किसानलाई चैते धानको बीउ निःशुल्क वितरण
विश्व/प्रबास
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब एक करोड चार लाख गोदावरी न्युज
आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै गोदावरी न्युज
नेपाललगायतका विदेशी नागरिकलाई जापानले लगायो प्रतिबन्ध गोदावरी न्युज
समाज
युथ डेमोक्रेटि फोरम कैलाली अध्यक्षमा भट्ट चयन सोमवार, माघ १२, २०७७
कञ्चनपुरमा हात्तीको बथानले घर भत्काउदाँ १३ परिवार विस्थापित सोमवार, माघ १२, २०७७
निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिएन सोमवार, माघ १२, २०७७
कला /साहित्य
नयाँ गीत 'नबाड्याकी ठ्याउकी' सार्वजनिक बिहिवार, माघ १, २०७७
मोडलिङ क्षेत्रमा जमेका कैलालीका भिम खड्का बिहिवार, पुष २३, २०७७
चेतन बोहरा र मेलिना मैनालीको सबैलाई रुवाउने गित ’फुलको माला’ सार्बजनिक (भिडियो सहित) शुक्रवार, आश्विन १६, २०७७
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

रेडियो न्युज सम्पादक:

हेमराज भट्ट

सम्बादाता:

संगिता खड्का

मार्केटिङ अफिसर:

शारदा फुलारा

प्राबिधिक टिम:

प्रदिप भट्ट प्रमोद पन्त

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: govindrosyara@gmail.com
ट्रेण्डिङ
  • # मौसम सम्बन्धि जानकारी
  • #मौसम
  • #कृषि
  • #उपनिर्वाचन
  • #कोरना त्रास
  • #विश्वमा कोरोना
  • #किसानका पिडा
  • #कोरोना त्रास
  • #कोरोना त्रास
  • #महोत्सव
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago