Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
मगलवार, माघ १३, २०७७ ०४:१५:२४
  Online Radio
  • युनिकोड
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
युथ डेमोक्रेटि फोरम कैलाली अध्यक्षमा भट्ट चयन
सोमबार थप १० जना कोरोना संक्रमितको मृत्यु
सुदूरपश्चिम स्पोर्टस अवार्डलाई माया मेट्रो हस्पिटलको साथ
प्रधानमन्त्रीद्धारा राप्ती नदीमा पुल उद्घाटन
बाजुरामा जीप दुर्घटना हुँदा ६ जना घाइते
कञ्चनपुरमा हात्तीको बथानले घर भत्काउदाँ १३ परिवार विस्थापित
प्रतिनिधिसभा विघटनविरुद्ध संबैधानिक इजलासमा सोमबार पनि सुनुवाई जारी
सुनको मूल्य घट्यो
किसानलाई चैते धानको बीउ निःशुल्क वितरण
सुदुरपश्चिम प्रदेश
  • Home
  • News
  • सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका विभिन्न राजमार्गमा ट्राफिक सङ्केत हराउँदै
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका विभिन्न राजमार्गमा ट्राफिक सङ्केत हराउँदै
64x64
शुक्रवार, पुष १७, २०७७ गोदावरी न्युज

सुदूरपश्चिम - सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका विभिन्न राजमार्गमा ट्राफिक सङ्केत अर्थात् चिह्न नहुँदा सवारी चालकलाई समस्या हुने गरेको पाइएको छ । कतिपय ठाउँमा राखिएका ट्राफिक सङ्केत हराउने तथा फालिएका कारण सवारी चलाउँदा दुर्घटनाको जोखिम पनि बढेको चालक बताउँछन् । बैतडी, बझाङ, डडेल्धुरा, बाजुरा, दार्चुला तथा डोटीका राजमार्गमा राखिएका ट्राफिक चिह्न वर्षेनी हराउँदै जान थालेका छन् ।

कैलालीको अत्तरियादेखि डडेल्धुराको स्याउले जोड्ने भीमदत्त राजमार्ग, डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्ग, दशरथचन्द राजमार्ग, स्याउले–दिपायल जोड्ने डाक्टर केआइसिंह राजमार्ग, बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग तथा दिपायल–साफे जोड्ने पहलमानसिंह स्वाँर राजमार्गमा राखिएका कतिपय ट्राफिक चिह्न जीर्ण बन्दै गएका भए पनि मर्मत तथा सुधारका लागि पहल हुनसकेको छैन ।

यहाँका पहाडी राजमार्ग निकै साँघुरा भएका तथा त्यसैमा पनि कतिपय ठाउँमा ट्राफिक सङ्केत नभएका कारण चालकलाई सवारी साधन सञ्चालन गर्नमा कठिनाइ हुनुका साथै दुर्घटना बढ्ने सम्भावना रहेको सुदूरपश्चिम बस व्यवसायी समितिका बसचालक मदन भट्टले बताए । उनले भने, “राजमार्गमा राखिएका ट्राफिक सङ्केत कोही पुराना भइसके कतिपय हराइसके नयाँ चालकलाई गाडी चलाउन निकै समस्या हुने गरेको छ, दुर्घटना पनि बढेको अवस्था छ ।”

ट्राफिक सङ्केत नहुँदा सबैभन्दा बढी लामो दूरी तथा रातिको समयमा गाडी चालकलाई बढी समस्या हुने गरेको उनको भनाइ छ । पहाडी जिल्लाका राजमार्गमा ट्राफिक सङ्केत हराउँदा तथा चोरी हुँदासमेत त्यसको रोकथाम र मर्मतका लागि खासै पहल हुन नसकेको गैरा बजारका स्थानीयवासी मोहनबहादुर मल्लले आरोप लगा । उनले भने, “महिनैपिच्छे ट्राफिक सङ्केत चोरी हुन्छन्, सम्बन्धित निकायले न चोर पक्रिन सकेको छ, न नयाँ निर्माण गरेको छ, सबैको लापरवाही उत्तिकै रहेको छ ।”

राजमार्गका ट्राफिक चिह्न वर्षेनी हराउँदै गएका कारण यहाँका राजमार्गमा पछिल्लो समय सवारी दुर्घटना बढ्न थालेको कतिपय नागरिकको बुझाइ छ । ट्राफिक चिह्नले अगाडि आउने बाटोको अवस्था तथा राति गाडी चलाउँदा लाइटबारे जानकारी दिने भएका कारण गाडी सञ्चालनमा सहजता हुने भए पनि ती चिह्न नै नहुँदा समस्या हुने गरेको शैलेस्वरी यातायात व्यवसायी समिति दिपायलका हाइसचालक बमबहादुर बोहराले बताए ।

पहाडी राजमार्गमा भएका ट्राफिक सङ्केतलगायत अन्य चिजको सुरक्षा तथा दुर्घटनाबारे तत्काल जानकारी दिनका लागि सडक कार्यालयले ठाउँठाउँमा आफ्ना कर्मचारी राखेको भए पनि ट्राफिक सङ्केत कसले लैजान्छ भन्नेबारे उनीहरुलाई जानकारी नहुने गरेका कारण चोर पक्राउ गर्न समस्या हुने गरेको सडक डिभिजन कार्यालय दिपायलका कर्मचारी डम्बरबहादुर विष्टले बताए ।

उनले भने, “राजमार्गमा काम गर्ने, अनुगमन गर्ने कर्मचारी राखिएको तर कर्मचारी नभएको समयमा ट्राफिक सङ्केत चोरिने भएको हँदा समस्या उत्पन्न भएको हो ।” ट्राफिक चिह्न मर्मत तथा जीर्णोद्वारका लागि छुट्टै बजेटको व्यवस्था नगरिएकाले अहिले समस्या आएको भए पनि जीर्ण ट्राफिक चिह्नलाई तत्कालै मर्मत गरिने डिभिजन सडक कार्यालय दिपायल कुल्पातेले जनाएको छ।रासस

 


प्रकाशित मिति: शुक्रवार, पुष १७, २०७७, ०१:५०:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुदूरपश्चिमका पहाडी क्षेत्रमा स्थानीय रैथाने जातका भैँसी लोप हुँदै
कोभिडविरुद्ध १६ हजार मात्रा खोप सुदूरपश्चिममा आउँदै
प्रधानमन्त्री ओलीका कारण जनतासामु माफी माग्नु पर्ने भयो : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिमका स्थानीय तहमा वित्तीय पहुँच पुग्दै
ताजा समाचार
युथ डेमोक्रेटि फोरम कैलाली अध्यक्षमा भट्ट चयन सोमवार, माघ १२, २०७७ 47
सोमबार थप १० जना कोरोना संक्रमितको मृत्यु
सुदूरपश्चिम स्पोर्टस अवार्डलाई माया मेट्रो हस्पिटलको साथ
प्रधानमन्त्रीद्धारा राप्ती नदीमा पुल उद्घाटन
बाजुरामा जीप दुर्घटना हुँदा ६ जना घाइते
कञ्चनपुरमा हात्तीको बथानले घर भत्काउदाँ १३ परिवार विस्थापित
प्रतिनिधिसभा विघटनविरुद्ध संबैधानिक इजलासमा सोमबार पनि सुनुवाई जारी
सुनको मूल्य घट्यो
किसानलाई चैते धानको बीउ निःशुल्क वितरण
विश्व/प्रबास
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब एक करोड चार लाख गोदावरी न्युज
आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै गोदावरी न्युज
नेपाललगायतका विदेशी नागरिकलाई जापानले लगायो प्रतिबन्ध गोदावरी न्युज
समाज
युथ डेमोक्रेटि फोरम कैलाली अध्यक्षमा भट्ट चयन सोमवार, माघ १२, २०७७
कञ्चनपुरमा हात्तीको बथानले घर भत्काउदाँ १३ परिवार विस्थापित सोमवार, माघ १२, २०७७
निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिएन सोमवार, माघ १२, २०७७
कला /साहित्य
नयाँ गीत 'नबाड्याकी ठ्याउकी' सार्वजनिक बिहिवार, माघ १, २०७७
मोडलिङ क्षेत्रमा जमेका कैलालीका भिम खड्का बिहिवार, पुष २३, २०७७
चेतन बोहरा र मेलिना मैनालीको सबैलाई रुवाउने गित ’फुलको माला’ सार्बजनिक (भिडियो सहित) शुक्रवार, आश्विन १६, २०७७
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

रेडियो न्युज सम्पादक:

हेमराज भट्ट

सम्बादाता:

संगिता खड्का

मार्केटिङ अफिसर:

शारदा फुलारा

प्राबिधिक टिम:

प्रदिप भट्ट प्रमोद पन्त

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: govindrosyara@gmail.com
ट्रेण्डिङ
  • # मौसम सम्बन्धि जानकारी
  • #मौसम
  • #कृषि
  • #उपनिर्वाचन
  • #कोरना त्रास
  • #विश्वमा कोरोना
  • #किसानका पिडा
  • #कोरोना त्रास
  • #महोत्सव
  • #दुर्घटना
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago