काठमाडौँ - नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ५ सयले सुनको मूल्य बढेको हो।
मंगलबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार प्रतितोलामा ५ सयले बढेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९२ हजार रुपैयाँ रहेको छ ।
यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोलामा १५ रुपैयाँले बढेर १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।