धनगढी - सुदूरपश्चिममा भूकम्पको धक्का महशुस गरिएको छ। मंगलबार दिउँसो २ बजेर ४४ मिनेट जाँदा भूकम्पकाे धक्का महशुस गरिएको हो।
भूकम्पको कैलाली,कञ्चनपुरलगायत सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा समेत धक्का महशुस गरिएको छ।
बाजुराको मौला आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रका राजेश शर्माले जानकारी दिए ।
भारतीय सञ्चारमाध्यमहरूले भारतको राजधानी नयाँदिल्लीमा पनि भूकम्पको धक्का महशुस गरिएको जनाएका छन्।