धनगढी -यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा बढाएको छ ।इन्धनको मूल्य बढेसँगै विभागले स्वचालित प्रणालीअनुसार सार्वजनिक सवारी साधनको भाडा समायोजन गरेको हो ।
इन्धनको मूल्य पाँच प्रतिशतभन्दा धेरैले बढेमा वा घटेमा भाडा समायोजन हुने गर्छ ।गए रातिबाट नेपाल आयल निगमले इन्धनको मूल्य ७.८४ प्रतिशतले वृद्धि गरेको छ । इन्धनको मूल्य वृद्धिअनुसार विभागले यात्रुबाहक सवारी साधनको भाडा २.५ प्रतिशतले वृद्धि गरेको छ ।
त्यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ३.३ र तराईमा चल्ने मालबाहक सवारीको भाडा ३.७ प्रतिशत बढेको छ ।