Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
सोमवार, फाल्गुन १७, २०७७ १०:४३:१८
  Online Radio
  • युनिकोड
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
सुदूरपश्चिम प्रदेश सभाको आजको बैठक स्थगित
प्रेस संगठन नेपाल कञ्चनपुरको जिल्ला भेला सम्पन्न
कन्चनपुरको शुक्लाफाटा जङ्गलमा सडक दुर्घटना मा परी सोमबार दुई जनाको मृत्यु
राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गतेका लागि प्रतिनिधिसभा बैठक आह्वान
सोमबार थप ३ जना कोरोना संक्रमितको मृत्यु
अवैध काठसहित कञ्चनपुरमा २ जना पक्राउ
कैलालीमा एक पुरुष मृत फेला
खोलामा लडेर गम्भीर घाइते भएका पत्रकारको उद्धार नै भएन
अछामको मङ्गलसेन नगरपालिका क्षेत्रका विभिन्न बजारमा सोलार बत्ती जडान
देश
  • Home
  • News
  • आज पाँचौँ निर्वाचन दिवस मनाउँदै
आज पाँचौँ निर्वाचन दिवस मनाउँदै आगामी चुनावमा सक्रियतापूर्वक सहभागी हुन निर्वाचन आयोगको आह्वान
64x64
शुक्रवार, फाल्गुन ७, २०७७ गोदावरी न्युज

काठमाडौ – ‘निर्वाचनमा सबै, सधँै, सँगै’ भन्ने मूल नाराका साथ निर्वाचन आयोगले शुक्रबार पाँचौँ निर्वाचन दिवस मनाउँदैछ र नेपालमा सर्वप्रथम विसं २०१५ फागुन ७ गते आम निर्वाचन प्रारम्भ भई वालिग नेपालीले मताधिकारको उपयोग गर्न पाएको दिनलाई स्मरण गर्दै आयोगले विसं २०७३ देखि फागुन ७ गते निर्वाचन दिवस मनाउन थालेको हो।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन दिवसका अवसरमा सम्पूर्ण मतदातालाई शुभकामना व्यक्त गर्दै आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन आह्वान गरेका छन्।

मुलुकको स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, जनतामा नीहित सार्वभौमसत्ता, वालिग मताधिकार, आवधिक निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रणको संवैधानिक जिम्मेवारी आयोगले प्राप्त गरेको छ।

आयोगले निर्वाचन व्यवस्थापनको साढे छ दशक लामो अनुभव र संवैधानिक निकायको हैसियतमा आप्नो स्थापनाका ५४ वर्ष पूरा गरिसकेको छ। प्रमुख आयुक्त थपलियाले निर्वाचनको यात्रामा संवैधानिक गतिशीलताअनुरूप आयोगलाई निरन्तर अगाडि बढ्न योगदान, प्रेरणा, सहयोग र हौसला प्रदान गर्नुहुने अग्रजको मेहनत, परिश्रम, साहस र दृढताको सम्मान एवं प्रशंसा गरेका छन्।

उनले भनका छन्, “स्थापनाकालदेखि नै संविधान प्रदत्त अधिकारअनुसार कुशलतापूर्वक निर्वाचनको व्यवस्थापन गर्दै आयोगले निष्पक्षता, व्यावसायिकता र विश्वसनीयताको पूर्ण प्रत्याभूतिसहित निर्वाचन सरोकारवालाको सक्रिय सहभागिता र सहमतिमा सर्वस्वीकार्य निर्वाचन सम्पन्न गर्ने गुरूत्तर दायित्व पूरा गर्न दृढ सङ्कल्पित छ ।”

स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं मितव्ययी निर्वाचनको दीर्घकालिन सोंचसहित हाँसिल गरेका उपलब्धि एवं प्रारम्भ गरेको निर्वाचन व्यवस्थापन तथा सञ्चालन सुधारको यात्रालाई अझ व्यवस्थित र परिस्कृत बनाउँदै निर्वाचन सम्पन्न गर्ने अठोटका साथ आयोगले निर्वाचनको तयारीलाई व्यापक बनाउँदै लगेको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आयोगले निर्वाचन प्रक्रियाको प्रस्थान बिन्दु मतदाता नामावलीलाई त्रुटिरहित, गुणस्तरीय र अद्यावधिक बनाउने कार्य तथा निर्वाचनमा मतदाताको सहभागिता र सहज पहुँचका निम्ति मतदानस्थल एवं मतदान केन्द्र सुरक्षित, व्यवस्थित र पूर्वाधार सुविधायुक्त बनाउने गरी पुनरावलोकन गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।

निर्वाचन कार्यक्रम, आचारसंहिता तर्जुमा, खरीद योजना तयारी, सामग्री व्यवस्थापन खरीद प्रक्रिया आरम्भ, बजेट अनुमान र आर्थिक कार्यविधि तर्जुमा, निर्वाचन सुरक्षा योजना तयारी, मतदाता शिक्षा तथा तालीमसम्बन्धी स्रोत सामग्री, निर्वाचन अनुगमन तथा पर्यवेक्षणसम्बन्धी कार्यविधिको तर्जुमा, मतदानमा खटिने कर्मचारी अभिमुखीकरण तथा तालीम सामग्री व्यवस्था, अन्तर्राष्ट्रिय सहयोगलगायतका कार्य व्यवस्थित एवं योजनाबद्धरूपमा भइरहको जानकारी दिइएको छ ।

पहिलो पटक निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति स्वीकृत गरेको हुँदा त्यसबाट निर्वाचनमा विद्युतीय सञ्चार एवं सामाजिक सञ्जालको व्यापक उपयोग हुने आयोगले विश्वास व्यक्त गरेको छ ।

निर्वाचन साधन, शक्ति र सम्पत्तिबाट प्रभावित हुन हुँदैन, निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्छ भन्ने सिद्धान्तलाई व्यवहारमा रूपान्तरण गर्नुपर्ने दायित्व आँैल्याउँदै आयोगले खर्चिलो र भड्किलो हुँदै गएको निर्वाचनलाई पद्धतिगत नियन्त्रण र नियमनद्वारा मितव्ययी, मूल्य र मान्यतामा आधारित बनाई अनपेक्षित आर्थिक क्रियाकलापबाट निर्वाचन प्रभावित गर्ने विषयलाई दण्डनीय बनाउनै पर्दछ भन्ने कुरामा कसैको विमति हुनु नहुने आयोगको तर्क रहेको छ ।

निर्वाचन व्यवस्थापन गर्ने निकाय, राजनीतिक दल, उम्मेदवार, मतदाता, निजी क्षेत्र, नागरिक समाजलगायत निर्वाचन सरोकारवालाको साझा सङ्कल्प र इमान्दार प्रयत्न आवश्यक रहेको जनाउँदै आयोगले एकीकृत निर्वाचन आचारसंहिता तयार गरी कार्यान्वयनमा ल्याउने तयारी गरेको छ।

निर्वाचन आचारसंहिता नैतिक एवं कानूनी बन्धनका रूपमा रहने र सबै सरोकारवालाका निम्ति बाध्यकारी हुने भएकाले यसको पूर्ण परिपालनाका लागि सबै सरोकारवालासँग आयोगले आह्वान पनि गरेको छ।

आसन्न निर्वाचनलाई आमसहभागितामा सम्पन्न गर्न राजनीतिक वातावरण तयार गर्ने कार्यमा सरकार, राजनीतिक दल, सार्वजनिक क्षेत्र, निजी क्षेत्र, सञ्चार जगत, नागरिक समाज, मतदातालगायत निर्वाचनका सबै सरोकारवालाको संलग्नता, सहयोग, समन्वय, सहकार्य र सहभागिता रहने छ भन्नेमा आयोग विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ।

आगामी निर्वाचन पहिलो चरणमा वैशाख १७ गते प्रदेश नं २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका ४० जिल्ला र दोस्रो चरणमा बैशाख २७ गते प्रदेश नं १, वाग्मती प्रदेश तथा कर्णाली प्रदेशका ३७ जिल्लामा हुँदैछ।

आगामी निर्वाचनका लागि करीब एक करोड ६३ लाख मतदाता अद्यावधिक भएको र २० हजार मतदान केन्द्र रहने जनाइएको छ। निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको कुरा स्पष्ट गर्दै पाँचाँै निर्वाचन दिवस २०७७ लाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण निकाय, सङ्घसंस्था तथा महानुभावप्रति आभार व्यक्त गरेको छ । रासस


प्रकाशित मिति: शुक्रवार, फाल्गुन ७, २०७७, ०७:१०:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गतेका लागि प्रतिनिधिसभा बैठक आह्वान
विद्युत् व्यापारको बाटो खुल्यो : भारतद्धारा विद्युत् आयात–निर्यात कार्यविधि जारी
एक महिने लामो श्री स्वस्थानी व्रत कथा आज सकिदै
नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा बैठक झुलाघाटमा सम्पन्न
ताजा समाचार
सुदूरपश्चिम प्रदेश सभाको आजको बैठक स्थगित सोमवार, फाल्गुन १७, २०७७ 26
प्रेस संगठन नेपाल कञ्चनपुरको जिल्ला भेला सम्पन्न
कन्चनपुरको शुक्लाफाटा जङ्गलमा सडक दुर्घटना मा परी सोमबार दुई जनाको मृत्यु
राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गतेका लागि प्रतिनिधिसभा बैठक आह्वान
सोमबार थप ३ जना कोरोना संक्रमितको मृत्यु
अवैध काठसहित कञ्चनपुरमा २ जना पक्राउ
कैलालीमा एक पुरुष मृत फेला
खोलामा लडेर गम्भीर घाइते भएका पत्रकारको उद्धार नै भएन
अछामको मङ्गलसेन नगरपालिका क्षेत्रका विभिन्न बजारमा सोलार बत्ती जडान
विश्व/प्रबास
भारतले नेपालमा चतुर कदम चाल्नुपर्छ : बिजेपी नेता गोदावरी न्युज
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब एक करोड चार लाख गोदावरी न्युज
आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै गोदावरी न्युज
समाज
सुदूरपश्चिम प्रदेश सभाको आजको बैठक स्थगित सोमवार, फाल्गुन १७, २०७७
अवैध काठसहित कञ्चनपुरमा २ जना पक्राउ सोमवार, फाल्गुन १७, २०७७
कैलालीमा एक पुरुष मृत फेला सोमवार, फाल्गुन १७, २०७७
कला /साहित्य
सुदूरपश्चिमकी बमलाई सार्वोत्कृष्ट मोडलको अवार्ड मगलवार, माघ १३, २०७७
नयाँ गीत 'नबाड्याकी ठ्याउकी' सार्वजनिक बिहिवार, माघ १, २०७७
मोडलिङ क्षेत्रमा जमेका कैलालीका भिम खड्का बिहिवार, पुष २३, २०७७
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

रेडियो न्युज सम्पादक:

हेमराज भट्ट

सम्बादाता:

संगिता खड्का

मार्केटिङ अफिसर:

शारदा फुलारा

प्राबिधिक टिम:

प्रदिप भट्ट प्रमोद पन्त

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: govindrosyara@gmail.com
ट्रेण्डिङ
  • # मौसम सम्बन्धि जानकारी
  • #मौसम
  • #कृषि
  • #उपनिर्वाचन
  • #कोरना त्रास
  • #विश्वमा कोरोना
  • #किसानका पिडा
  • #कोरोना त्रास
  • #कोरोना त्रास
  • #महोत्सव
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago