अत्तरिया - सुदुरपश्चिम प्रदेशको स्थायी राजधानी कैलालीको अत्तरीयामा आईतबार देखी ‘सुदुरपश्चिम प्रादेशिक महोत्सव २०७६ ’ सुरु भएको छ । ‘सम्वृद्ध सुदूरपश्चिम प्रदेशको आधार कृषि, पर्यटन र व्यापार’ भन्ने मुल नाराका साथ अत्तरिया उधोग वाणिज्य संघको आयोजनामा पाचौं सस्करण रुपमा सुदुरपश्चिम प्रादेशिक महोत्सव सुरु भएको हो ।
महोत्सबको आईतबार एक भब्य समारोहका बिच सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले उद्धघाटन गर्नु भएको हो । अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट प्रमुख अतिथी रहनुभएको थियो ।
कार्यक्रममा नेपाली काग्रेश सुदुरपश्चिम प्रदेश प्रतिपक्ष दलका नेता डा. रण बहादुर राबल , सुदूरपश्चिम प्रदेश सभा सासंदद्धय चुन कुमारी चौधरी, टेक बहादुर रैकाल , गोदावरी नगरपालिकाका नगरप्रमुख हरी सिं साउँद , धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशिला मिश्र भट्ट बिशिष्ट अतिथी रहनुभएको थियो ।
यस्तै कार्यक्रममा गोदावरी नगरपालिकाकी उप प्रमुख रत्ना कडायत , शसस्त्र बैदनाथ बाहिनीका बाहिनी पती गोबिन्द्र क्षेत्री, इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डिएसपी ज्ञान बहादुर बिष्ट , नेपाली कांग्रेस गोदावरी नगरकमिटि सभापती हेम प्रकाश उप्रेती, नेकपा गोदावरी नगरकमिटि सचिव आनन्द भट्ट, अत्तरिया उद्योग बाणिज्य संघका सस्थापक अध्यक्ष ललीत रोकाया लगायतका राजनीतिक दलका प्रतिनिधी, बिभिन्न संघ सस्थाका प्रतिनिधी लगायतको सहभागीता रहेको थियो ।
महोत्सब उद्धघाटन समारोहमा यस क्षेत्रको उधोग र पर्यटन ब्यबसायमा योगदान पुञ्याएको भन्दै बिभिन्न ब्यक्तिहरु सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा नटाका सुदुरपश्चिम प्रदेशका अध्यक्ष माया प्रकाश भट्ट , उधोगी लालबहादुर बोगटी , यातायत ब्यबसायी टेकराज जोशी कृषक बिरेन्द्र भण्डारी र गोदावरी धामका अध्यक्ष पदमराज जोशी रहेका छन् ।
महोत्सव उद्धघाटन अगाडी उद्योग बाणिज्य संघ संगै यस क्षेत्रका बिभिन्न संघ सस्था र बिभिन्न बिधालयका बिधार्थीहरु सहभागीहरुले अत्तरिया बजारमा ¥यालि निकालेका थिए । ¥यालिमा बिभिन्न संस्कृति झल्कने बाजागाजा सहितका झाकिहरु प्रस्तुत गरिएका थिए । माघ ५ गतेसम्म संचालन हुने महोत्सवमा बिभिन्न खालका १ सय १५० स्टल राखिएका छन ।
संस्थाका बरिष्ठ उपाध्यक्ष कल्याण सिं बोहराले स्वागत मन्तब्य राखेको कार्यकमको संचालक महासचिब यज्ञराज जोशीले गरेका थिए । महोत्सबमा दैनिक जासो स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छ ।