सुदुरपश्चिममा जारी मुख्यमन्त्री कप अन्तर प्रदेशस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको उपाधि सुदूरपश्चिमले जितेको छ ।
आइतबार सम्पन्न खेलमा सुदूरपश्चिम महिला टोलीले प्रदेश नम्बर १ लाई आठ विकेटले पराजित गरी उपाधि जितेको हो ।
संघीय प्रहरी इकाई मैदानमा टस जितेर ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर ११६ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा उत्रेको सुदूरपश्चिम महिला क्रिकेट टोलीले दुई विकेटको नोक्सानमा सजिलै लक्ष्य पूरा गरी आठ विकेटको जित निकाल्दै उपाधि उचाल्न सफल भयो ।