धनगढी - कैलाली जिल्ला भलिबल संघको अध्यक्षमा निरज शाह निर्वाचित भएका छन् । बिहिबार कैलालीको धनगढीमा सम्पन्न संघको पाचौँ साधारण सभा तथा जिल्ला अधिवेशनले शाहको नेतृत्वमा १० सदस्यीय समिति निर्वाचित गरेको हो ।
त्यस्तै , उपाध्यक्षमा मानबहादुर पुन, महासचिव प्रेमराज जोशी, कोषाध्यक्षमा पुष्पा सिंह चयन भएकी छन् ।सदस्यहरुमा श्यामलाल राना, शुशीला देउवा, किरण भण्डारी, विमला क्षेत्री, घुम्मन राना र बलबहादुर शार्की रहेका छन् ।
संघको १३ जनाको समिति रहेकोमा एक जना निर्वाचित समितिले चयन गर्छ भने २ जना जिल्ला खेलकुदले मनोनित गर्ने विधानमा व्यवस्था रहेको छ ।
यसअघि संघको साधारण सभा जिल्ला खेलकुदका अध्यक्ष ललित खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल भलिबल संघका केन्द्रिय उपाध्यक्ष हरकसिंह धामी रहेका थिए भने प्रदेश भलिबल संघका अध्यक्ष नारायणदत्त भट्ट लगायत अतिथि रहेका थिए ।