कैलाली - गोदावरीमा प्रदेश स्तरिय गोदावरी मेयर कप खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । गोदावरी- १ मा रहेको न्यु सृजनशिल युवा क्लव (सिवाईसी) अत्तरियाको आयोजनामा यहि चैत २६ गतेदेखी ३० गते सम्म प्रतियोगिता हुने भएको छ ।
क्लबले आज प्रत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी दिएको छ । प्रतियोगितामा सुदूरपश्चिम प्रदेश भरका टिमहरुले पनि सहभागीता जनाउन सक्ने खेल संयोजक विक्रम विष्टले बताए ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद २ लाख ५ हजार ५ सय ५५ रुपैया, दृृतिय टिमले नगद १ लाख ५ हजार ५ सय ५५ रुपैया र तृतिय हुने टिमले ३५ हजार ५ सय ५५ रुपैया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक विष्टले जानकारी दिए । त्यस्तै प्रतियोगीतामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद रु. १० हजार तथा उत्कृष्ट सरभर, स्पाईकर, लिफ्टर, ब्लकर, डिफेन्डर र उदयीमान खेलाडीलाई नगद रु. ५/५ हजार पुरस्कार दिईने खेल संयोजक विष्टले बताए । प्रतियोगीताको प्रत्येक खेलहरुमा २ राष्ट्रियस्तरका खेलाडी तथा विभागीय खेलाडीहरुलाई समावेश गर्न सकिने बताइएको छ ।
प्रतियोगितमा कुल १६ लाख ७६ हजार ६ सय ६५ रुपैया खर्च लाग्ने अनुमान गरीएको आयोजकले बताएको छ । प्रतियोगिताका सबै खेलहरु आयोजकको आफ्नै खेल मैदानमा हुने बताईएको छ ।
प्रतियोगिताको मुख्य प्रर्वद्धक गोदावरी नगरपालिका रहने आयोजकले जनाएको छ ।