काठमाण्डौँ - नेपाली राष्ट्रिय क्रिकेट टिमका तीन खेलाडी सोमपाल कामी, करण केसी र कुशल मल्लले संयुक्त अरब इमिरेट्स यूएईमा हुने टी–टेन लिगमा खेल्ने भएका छन् । दस ओभरको फ्रेन्चाइज लिगमा उनीहरूले खेल्न लागेको यो पहिलो पल्ट हो ।
गएरातिको ड्राफ्टबाट उनीहरूको अनुबन्ध निश्चित भएको हो । त्यस अनुसार सोमपालले मराठा अरबियन्स, करणले पुने डेभिल्स र कुशलले टिम आबुधाबीबाट खेल्ने भएका हुन् । सोमपालले यसअघि एक अवसरमा विदेशी फ्रेन्चाइज क्रिकेट खेलिसकेका छन् ।
करण र कुशलका लागि यो नयाा अनुभव हुनेछ । यसअघि यस टी–टेन लिगमा नेपालका तर्फबाट सन्दीप लामिछाने र पारस खड्काले खेलिसकेका छन् । पारस आफै पनि यसपल्ट आबुधाबी टिमको इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा रहने छन् ।
टी–१० लिग नोभेम्बर १८ बाट सुरु हुने तय भए पनि कोरोना महामारीका कारण पछाडि धकेलिएको हो । नयाँ तालिकाअनुसार आउँदो जनवरी २८ देखि शेख जायद क्रिकेट रंगशालामा लिग सुरु हुनेछ । प्रतियोगितामा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ ।