अत्तरिया - कैलालीको अत्तरियामा पुस २१ गते देखि फुटबल प्रतियोगिता हुने भएको छ । गोदावरी नगरपालिका वडा नं १ मा रहेको सिवाईसी क्लबको आयोजनामा पुस २१ गते देखि फुटबल प्रतियोगिता हुने भएको हो ।
क्लबको नियमित बार्षिक कार्यक्रम अन्तरगत क्लव स्तरिय फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको खेल संयोजक अनिल सिहले जानकारी दिए ।
प्रतियोगितमा सिवाईसी डिनो, सिवाईसी वरियर्स, सिवासी लायन, सिवाईसी ब्लेक ईगल, सिवाईसी नाईट राईडर र सिवाईसी रोयल टिमको सहभागिता रहने छ ।
प्रतियोगितामा क्लवका १ सय ५० जना सदस्यहरुबाट ६ ओटा टिम तयार गरिएको संयोजक सिहले बताए ।