धनगढी - धनगढीमा आयोजना हुदैँ आएको लिटिल फ्लावर प्रिमियर लिग विद्यालय स्तरिय यु–१९ प्रतियोगिताको पाँचौँ संकरण फागुन १५ गतेबाट सुरु हुने भएको छ ।
आयोजक लिटिल फ्लावर स्पोटर्स एन्ड इभेन्ट्सले शनिबार पत्रकार सम्मेलनको आयोजन गर्दै फागुन १५ गतेबाट २४ गते सम्म प्रतियोगिता हुने जानकारी दिएको हो ।
लिटिल फ्लावर स्पोटर्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले प्रतियोगिताको तयारी थालिएको जानकारी दिए ।लिग कम नक आउटमा खेलाइने प्रतियोगिता धनगढी स्थित सङ्घीय प्रहरी इकाईको खेलमैदानमा हुने जनाइएको छ ।मुलुकभरका करिब १२ विद्यालय प्रतियोगितामा विद्यालय स्तरका यु–१९ का खेलाडीहरूले सहभागिता जनाउने छन ।
प्रतियोगितामा विद्यालय बाहिरका १९ वर्ष मुनिका २ जना मात्रै खेलाडी सहभागी गराउने जनाएको छ । केही दिन भित्रै पुरस्कार राशि घोषणा गरिने शाहीले बताए ।