Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
बिहिवार, माघ ८, २०७७ ०७:२०:३५
  Online Radio
  • युनिकोड
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
प्रतिनिधि सभा विघटनको विरुद्धमा नेपाली कांग्रेसद्धारा बिरोध प्रदर्शन
बिहीबार थप ४ जना कोरोना संक्रमितको मृत्यु
एन्टिजेन विधिबाट सुदूरपश्‍चिमका चार जिल्लामा परीक्षण सुरु
कैलालीमा निर्वाचनका लागी प्रारम्भिक तयारी शुरु
कञ्चनपुर बसपार्कबाट अवैध सामान बरामद
गर्भपतनले महिलाको स्वास्थ्य जोखिममा
भिजिविलिटी पर्याप्त नहुँदा उडान सेवा प्रभावित
लामिछानेलाई आइपिएलमा अन्य टोलीबाट खेल्ने बाटो खुल्यो
कोरोना भाइरसविरुद्धको खोप नेपालमा आइपुग्यो
समाज
  • Home
  • News
  • कहिले बन्छ गोदावरी नगरपालिकाको डम्पिङ साईड ?
कहिले बन्छ गोदावरी नगरपालिकाको डम्पिङ साईड ? नगरप्रमुख साउँद भन्छन् – 'यसको प्रकृया धेरै लामो छ पूर्वाधार निर्माणको काम सुरु हुन अझै एक बर्ष लाग्न सक्छ'
64x64
बुधवार, आश्विन ७, २०७७ हेमराज भट्ट

अत्तरिया - कैलालीको गोदावरी नगरपालिकामा फोहोरमैला ब्यबस्थापन केन्द्र निर्माणको लामो समयदेखी चर्चा चलेपनि काम भने अघि बढ्न सकेको छैन । एसियाली विकास बैंकको ऋण अनुदानमा क्षेत्रीय सहरी विकास आयोजनाले निर्माण गर्ने भनेको ब्यवस्थित फोहोरमैला ब्यबस्थापन केन्द्र अर्थात डम्पिङ साईडका लागि सुरुमा जग्गा पाउनै मुस्किल भएको थियो ।

तर पछि गोदावरी नगरपालिका ३ मा रहेको चौकिडाँडा स्थित गोदावरी नदी नजिकै चौकिडाँडा महिला सामुदायिक वनले आफ्ना केही सर्तहरु राखेर जग्गा दिने सहमति गरेको भएपनि अहिले सम्म पूर्वाधार निर्माणका कुनै पनि कामहरु अगाडी बढ्न सकेको छैन । जसले गर्दा नगरभित्रको फाहोरमैला ब्यबस्थापन गर्न पनि चुनौती थपिएको छ ।

फोहोरमैला व्यवस्थापन केन्द्रका लागि जग्गाको टुङ्गो लगाएको २ बर्ष बितिसक्दा पनि नगरपालिकाले कुनै चासो नदेखाउदा फोहोरमैला ब्यबस्थापनका लागि आवश्यक पर्ने संरचनाहरु नर्माणको काम अगाडी बढ्न नसकेको बताइएको छ । सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी तोकिएको गोदावरी नगरपालिकाको प्रमुख ब्यापारिक केन्द्र अत्तरिया क्षेत्र आसपास पछिल्लो समयमा नयाँ नयाँ उधोगधन्दा ,कलकारखाना ,बिभिन्न खाले पसलहरु स्थापना हुनुका साथै जनघनत्वपनि बढ्दै जान थालेको छ ।

यद्धपी गोदावरी नगरपालिकाले नगरभित्र ब्यबस्थित डम्पिङ साईड बनाउन नसक्दा समस्या हुन थालेको हो । अहिले गाँउघर तथा बजार क्षेत्रवाट निस्कने फोहोरलाई नगरपालिकाको ट्याक्टर मार्फत डम्पिङ साईड बन्ने भनिएको गोदावरी खोलाको किनारमा अस्तब्यस्त रुपमा फाल्ने गरिएको छ । ब्यबस्थित डम्पिङ साईड नबन्दा त्यसठाउँमा दुर्गन्ध फैलिदै गएको छ ।

२०६८ सालमा फोहोर मैला व्यवस्थापन ऐन बनेको छ । उक्त ऐनका प्रावधान अनुसार हानिकारक फोहोरमैला उत्पादन गर्ने व्यक्ति वा संस्थाले तोकिएको बमोजिम व्यवस्थापन नगरे कारबाही गरिने व्यवस्था पनि रहेको छ ।

प्राण घातक फोहोर उचित व्यवस्थापन नहँुदा बिभिन्न खालका ज्यानमारा रोग पनि फैलन सक्छ । अस्पताल र उद्योगबाट उत्पादन हुने फोहोर मानव स्वास्थ्यका लागि सबैभन्दा घातक हुने ठहर भएको छ । सो क्षेत्रका स्थानियहरुले बस्ती नजिक फोहोर मैला केन्द्र बनाउन नहुने पनि आबाज उठाउदै आएका छन् ।

चौकिडाँडा महिला सामुदायिक वनका अध्यक्ष प्रेमराज भण्डारीले सबैको सल्लाह अनुसार आफ्ना केही सर्तहरु राखेर सामुदायिक वन परिसरमा पर्ने नदी किनारको खाली जग्गालाई सदुपयोग गर्दै फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरिने वन सँग सहमति भएको २ बर्ष पुग्दा पनि अझै अलमलनै रहेको बताए । यस तर्फ नगरपालिकाको खासै चासो नदेखाएको उनले बताए ।

'हामीले आफ्ना मागहरु राखेर ब्यवस्थित डम्पिङ साईडका लागि जग्गा उपलब्ध गराउने सहमति गञ्यौ त्यसपछि के के भयो केही अरुबारे मलाई थाहा छैन उनले भने ।'

यस बिषयमा गोदावरी नगरपालिकामा बुझ्दा अहिले कागजी प्रकृयाहरु भैरहेको बताएको छ । नगरप्रमुख हरि सिंह साउँदले यो निकै लामो प्रकृयाको हुने हुदा केही समय लागेको बताए ।

'यसको प्रकृया त निकै लामो छ नि , सुरुमा सामुदायिक बनवाट जग्गा प्राप्त गर्न पनि ढिलाई भयो पछि दिने निर्णय भएपछि यसका लागि सुरुमा आईई गर्ने त्यो स्विकृत भएपछि अन्य कामहरुलाई अगाडी बढाउन सकिन्छ उनले भने । ' अहिले यसका लागि शहरी विकासवाट कर्मचारी पठाइएको कामहरु जारी रहेपनि पूर्वाधार निर्माणको काम हुन अझै एक बर्ष जति लाग्न सक्ने बताए ।


प्रकाशित मिति: बुधवार, आश्विन ७, २०७७, ०९:५६:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कञ्चनपुर बसपार्कबाट अवैध सामान बरामद
भिजिविलिटी पर्याप्त नहुँदा उडान सेवा प्रभावित
दार्चुलामा स्थानीयद्धारा ३३ केभी प्रशारण लाइन अवरुद्ध
डोटीमा १० प्रतिशत मतदाता वृद्धि
ताजा समाचार
प्रतिनिधि सभा विघटनको विरुद्धमा नेपाली कांग्रेसद्धारा बिरोध प्रदर्शन बिहिवार, माघ ८, २०७७ 22
बिहीबार थप ४ जना कोरोना संक्रमितको मृत्यु
एन्टिजेन विधिबाट सुदूरपश्‍चिमका चार जिल्लामा परीक्षण सुरु
कैलालीमा निर्वाचनका लागी प्रारम्भिक तयारी शुरु
कञ्चनपुर बसपार्कबाट अवैध सामान बरामद
गर्भपतनले महिलाको स्वास्थ्य जोखिममा
भिजिविलिटी पर्याप्त नहुँदा उडान सेवा प्रभावित
लामिछानेलाई आइपिएलमा अन्य टोलीबाट खेल्ने बाटो खुल्यो
कोरोना भाइरसविरुद्धको खोप नेपालमा आइपुग्यो
विश्व/प्रबास
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब एक करोड चार लाख गोदावरी न्युज
आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै गोदावरी न्युज
नेपाललगायतका विदेशी नागरिकलाई जापानले लगायो प्रतिबन्ध गोदावरी न्युज
समाज
कञ्चनपुर बसपार्कबाट अवैध सामान बरामद बिहिवार, माघ ८, २०७७
भिजिविलिटी पर्याप्त नहुँदा उडान सेवा प्रभावित बिहिवार, माघ ८, २०७७
दार्चुलामा स्थानीयद्धारा ३३ केभी प्रशारण लाइन अवरुद्ध बिहिवार, माघ ८, २०७७
कला /साहित्य
नयाँ गीत 'नबाड्याकी ठ्याउकी' सार्वजनिक बिहिवार, माघ १, २०७७
मोडलिङ क्षेत्रमा जमेका कैलालीका भिम खड्का बिहिवार, पुष २३, २०७७
चेतन बोहरा र मेलिना मैनालीको सबैलाई रुवाउने गित ’फुलको माला’ सार्बजनिक (भिडियो सहित) शुक्रवार, आश्विन १६, २०७७
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

रेडियो न्युज सम्पादक:

हेमराज भट्ट

सम्बादाता:

संगिता खड्का

मार्केटिङ अफिसर:

शारदा फुलारा

प्राबिधिक टिम:

प्रदिप भट्ट प्रमोद पन्त

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: govindrosyara@gmail.com
ट्रेण्डिङ
  • # मौसम सम्बन्धि जानकारी
  • #मौसम
  • #कृषि
  • #उपनिर्वाचन
  • #कोरना त्रास
  • #विश्वमा कोरोना
  • #किसानका पिडा
  • #कोरोना त्रास
  • #कोरोना त्रास
  • #महोत्सव
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago