Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
बुधबार, भदौ १, २०७९
  Online Radio
  • युनिकोड
GodaVari FM
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
Hotel chameliya
समाज
  • गृहपृष्ठ
  • समाचार
  • जनप्रतिनिधिहरुका तीन बर्ष : कता हरायो अत्तरियालाई स्मार्ट सिटी बनाउने योजना ?
जनप्रतिनिधिहरुका तीन बर्ष : कता हरायो अत्तरियालाई स्मार्ट सिटी बनाउने योजना ? ढल निकास नहुँदा समान्य बर्षामा पनि बजार क्षेत्र डुवान हुँदै
64x64
सोमबार, असोज ५, २०७७ हेमराज भट्ट
जनप्रतिनिधिहरुका तीन बर्ष : कता हरायो अत्तरियालाई स्मार्ट सिटी बनाउने योजना ?

अत्तरिया - स्थानिय तहमा जनप्रनिधि आएको तिन बर्ष पुरा भैसकेको छ । ५ बर्षका लागि निर्वाचित भएका ति जनप्रतिनिधिको कार्यकाल सकिन अब २ बर्ष मात्रै बाकिँ रहेको छ । झण्डै २० बर्षको अन्तराल पछि स्थानियहरुले गाउँ गाउँमा जनप्रतिनिधिहरु पाएका छन् । सिंह दरबारको अधिकार गाउँ गाउँमा भन्ने नारा लगाउदै जनप्रतिनिधिहरु आएपनि सर्वसाधारणले भने त्यसको अनुभूति समेत गर्न नपाएको गुनासो गरिरहेका छन् ।

BCM mOTORS

कैलालीको गोदावरी नगरपालिकाका जनप्रतिनिधिहरुले निर्वाचित भएको सुरुको बर्ष नै नगरपालिकाको प्रमुख ब्यापारीक केन्द्र अत्तरिया बजारलाई स्मार्ट सिटिका रुपमा अगाडी बढाउने योजना ल्याइरहेका थिए । सुदूरपश्चिम प्रदेशको नौ वटै जिल्लालाई जोड्ने प्रमुख केन्द्र रुपमा रहेको अत्तरिया बजारलाई स्मार्ट सिटिको रुपमा बिकास गर्न तत्तसम्बन्धी आवश्यक पूर्वाधार निर्माण गरिने र यसका लागि संघ र प्रदेश सरकारसंग सहकार्यात्मक विकास निति लिइने छ भन्ने नगरपालिकाका बार्षिक निति तथा कार्यक्रममै लेखिएको छ ।

हरेक बर्षको बार्षिक निति तथा कार्यक्रममा त्यही योजना दोहोरिने तर काम भने नगर्ने प्रबृतिले अत्तरिया बजार अहिले झन अब्यबस्थित भएको छ । बजारको मुख्य चोकको अबस्था हेर्ने हो भने पुरै नाजुक बनेको छ । सडक फुटेर टुक्राटुक्रा भएको छ भने पुराना नालीहरुको माथि फोहोर र घाँसले भरिदा झन झन कुरुप बनेको छ ।

सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी समेत घोषणा गरिएको यस नगरपालिकाको मुख्य बजार क्षेत्रमा समान्य ढल निकासको सुबिधा समेत छैन । समान्य बर्षातको बेला बजार पुरै जलमग्न हुने गरेको छ । यसले गर्दा बजार क्षेत्रमा आवतजावत गर्ने सर्वसाधारण देखी ब्यापारीहरु निकै हैरान भैसकेका छन् । बजार क्षेत्रमा ढल निकासका लागि बनाइएका पुराना नालीहरु सबै भताभुङग भएका छन् ।वडा नं १ र २ मा पर्ने अत्तरियाका पुराना नालीहरु सबै भताभुङग भएपछि बजार क्षेत्रमा जम्मा हुने पानी निकास हुन नपाउदा पुरै डुवानमा पर्ने गरेको ब्यापारीहरु बताउँदछन् । गोदावरी चेम्बर अफ कर्मशका महासचिब समेत रहेको अत्तरियाका ब्यापारी लिलाराम सापकोटाले जनप्रतिनिधि आएपछि अत्तरिया बजारको मुहार फेरिने आशा गरेपनि त्यो आशा अझ निराशामा परिणत भएको बताए । सुदूरपश्चिम प्रदेशको राजधानी तोकिए पछि सबैको ध्यान केन्द्रित भएका बेला स्थानिय सरकार भने मुखर्दशक बनेको उनले बताए ।

उनले अहिले अत्तरियाको प्रमुख चुनौतीका रुपमा ढल निकास र सडकको रहेको नगरपालिकालाई संस्थाका तर्फवाट पटक पटक जानकारी गराएको भएपनि ध्यान जान नसकेको गुनासो गरे । यस्तै अत्तरिया उधोग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले कागजमा स्मार्ट सिटि बनाउने लेखेर नहुने लेखिएको कुराहरुलाई कार्यन्व्यन गर्न नगरपालिका अग्रसर हुनुपर्ने बताए । उनले अहिले सम्पूर्ण अधिकार नगरपालिकासंग हुदा बजार क्षेत्रको विकासका लागि केही हुन नसकेको बताए ।

नगरपालिकाले बार्षिय रुपमा अत्तरियाका ब्यबसायिहरुवाट कर लिदै आएको भएपनि शान्त , सुन्दर र ब्यबास्थित बनाउन नसकेको बताए । दिनदिनै चोरीका घटनाहरु बढीरहेका छन् रातिको समयमा एउटा चौकिदार राख्न सकिएको छैन , बर्खाको त कुरै छाडौ हिउँदको सानो पानीले पनि बजार जलमग्न हुने र पसलहरु डुवानमन परेर ब्यापारीहरुलाई निकै दुख भैरहेको छ' उनले भने - 'यही बाटो भएर नगरपालिकाका जनप्रतिनिधि देखी प्रदेश र संघिय सरकारका मन्त्री र सांसदहरु आवतजावत गर्छन सडको अबस्था भताभुङ्ग छ तर कसैको पनि यस तर्फ ध्यान जान सकेको छैन ।' यस तर्फ उधोग वाणिज्य संघ पनि साथमा रहेको र पटक पटक आग्रह गर्दा पनि कसैले नसुन्ने गरेको उनको भनाई छ ।उता गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिं साउँदले आफुहरु निर्वाचित भैसकेपछि अत्तरिया बजारलाई ब्यबस्थित शहरका रुपमा विकास गर्ने योजना बनाएको भएपनि सडक डिभिजनले गर्दा काम गर्न नसकिएको बताए ।

'हामीले योजना बनाएर त्यही अनुसार काम गर्ने त भनेका हौ तर अहिले अत्तरिया धनगढी ६ लेन सडक पनि निर्माणाधिन अबस्थामा छ , यसैगरि अत्तरिया चोक देखि चिसापानी सम्म ४ लेन सडक बनाउने काम पनि भैरहेको उनले भने - 'अब हामीले चोकको मात्रै काम गरेर पछि सडक बन्दा सबै भत्काउनुपर्छ त्यसैले काम गर्न समस्या भएको हो ।

उनले सडक डिभिजनको एउटा योजना र नगरपालिकाको अर्का योजना हुने गरेका कारण केही दिनका लागि मात्रै ठूलो लगानी लगाएर काम नहुने बताए । यसका लागि सडक डिभिजनसंग पनि कुराकानी भैरहेको बताउदै उनले दुवै तर्फका सडक निर्माणको काम सम्पन्न भएपछि ढल निकास देखी अन्य कामहरु ग्र्दै अत्तरिया बजारलाई ब्यवस्थित बनाइने गोदावरी न्युजलाई जानकारी दिए ।


प्रकाशित मिति: सोमबार, असोज ५, २०७७, ०९:४५:००
https://www.godawarinews.com/
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कैलाली अदालतका कर्मचारी विरुद्ध उजुरी दर्ता
कैलाली अदालतका कर्मचारी विरुद्ध उजुरी दर्ता
बिषादी सेवनबाट कञ्चनपुरमा एक जनाको मृत्यु
बिषादी सेवनबाट कञ्चनपुरमा एक जनाको मृत्यु
अज्ञात व्यक्तिद्धारा धनगढीको देवहरिया गौशालामा तोडफोड
अज्ञात व्यक्तिद्धारा धनगढीको देवहरिया गौशालामा तोडफोड
बाजुरा कारागारमा क्षमता भन्दाबढी कैदीबन्दी, जीर्ण बन्दै कारागार
बाजुरा कारागारमा क्षमता भन्दाबढी कैदीबन्दी, जीर्ण बन्दै कारागार
ताजा समाचार
निर्वाचनका लागि ८४ दल दर्ता निर्वाचनका लागि ८४ दल दर्ता बुधबार, भदौ १, २०७९
सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा
सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा
थप ८४८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
थप ८४८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
माओवादी केन्द्र ७१ नम्बरमा दर्ता
माओवादी केन्द्र ७१ नम्बरमा दर्ता
सुदूरपश्चिममा थप ४५ जनामा कोरोना पुष्टि
सुदूरपश्चिममा थप ४५ जनामा कोरोना पुष्टि
कैलालीको लम्कीमा डेंगुको संक्रमण
कैलालीको लम्कीमा डेंगुको संक्रमण
कैलाली अदालतका कर्मचारी विरुद्ध उजुरी दर्ता
कैलाली अदालतका कर्मचारी विरुद्ध उजुरी दर्ता
स्वतन्त्र भएका देशहरू आज विकसित देश हुँदै गएका छन्-  अध्यक्ष बोगटी
स्वतन्त्र भएका देशहरू आज विकसित देश हुँदै गएका छन्- अध्यक्ष बोगटी
बिषादी सेवनबाट कञ्चनपुरमा एक जनाको मृत्यु
बिषादी सेवनबाट कञ्चनपुरमा एक जनाको मृत्यु
विश्व/प्रबास
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा गोदावरी न्युज
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित गोदावरी न्युज
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै गोदावरी न्युज
hamro patro
समाज
कैलाली अदालतका कर्मचारी विरुद्ध उजुरी दर्ता
कैलाली अदालतका कर्मचारी विरुद्ध उजुरी दर्ता मंगलबार, साउन ३१, २०७९
बिषादी सेवनबाट कञ्चनपुरमा एक जनाको मृत्यु
बिषादी सेवनबाट कञ्चनपुरमा एक जनाको मृत्यु मंगलबार, साउन ३१, २०७९
अज्ञात व्यक्तिद्धारा धनगढीको देवहरिया गौशालामा तोडफोड
अज्ञात व्यक्तिद्धारा धनगढीको देवहरिया गौशालामा तोडफोड मंगलबार, साउन ३१, २०७९
कला /साहित्य
अभिनेता अनुपविक्रम शाही कांग्रेसमा प्रवेश अभिनेता अनुपविक्रम शाही कांग्रेसमा प्रवेश शुक्रबार, साउन २७, २०७९
कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने शुक्रबार, असार ३१, २०७९
भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने बिहिबार, असार ९, २०७९
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

सम्बादाता:

संगिता खड्का बसन्ती धामी प्रमोद पन्त

मार्केटिङ अफिसर:

नरेश नाथ योगी

प्राबिधिक टिम:

राज बुढा क्षेत्री राजेश ओझा

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2022 All rights reserved.
Site by: SoftNEP