अत्तरिया - सुदूरपश्चिम प्रदेश सभा सांसद चुन कुमारी चौधरीको पहलमा अत्तरियामा रहेको अहिंसाबादी विश्व शन्ति धर्म चक्र बौद्ध गुम्बाका लागि १५ लाख बजेट छुट्याइएको छ । प्रदेशको राजधानीको मुलद्धारमा रहेको एक मात्र बौद्ध गुम्बाको संरक्षण , सम्बद्धन र स्तुपा निर्माणका लागि आगामी आर्थिक बर्षको बजेटमा प्रदेश सरकारवाट १५ लाख बजेट छुट्याइएको गुम्बामा आयोजित एक कार्यक्रममाका बिच सांसद चौधरीले बताइन् ।
उनले आफु निर्वाचित भैसकेपछि आफ्नो निर्वाचन क्षेत्रमा नयाँ बिकासका कामसंग संगै पुराना भएका संरचनाहरुको पनि जोगाइ राख्नका लागि प्रदेशवाट योजनाहरु ल्याउने काम भैरहेको बताइन् ।
उनले प्रदेशको राजधानीमा रहेको एक मात्र बौद्ध गुम्बा जसलाई एउटा बौद्ध धर्मकाले मात्र नभएर सबैले दर्शन गर्न सक्ने , सबैले रमाउन सक्ने र आफ्नो केही समय बिताउन सक्ने एउटा ब्यबस्थित पार्क सहित यसलाई अगाडी बढाउदा अझै उचित हुने बताइन् । उनले सुरुमा १५ लाखवाट हुने कामहरु गर्न र आगामी दिनहरुमा पनि गर्न सकिने सम्पूर्ण सहयोगहरु आफु गर्न तयार रहेको बताइन् ।
कार्यक्रममा बोल्दै गुम्बाका मुख्य लामा गणेश मोक्तानले गुम्बा संचालनका लागि बिभिन्न खाले कठिनाईहरु भैरहेको बताए । उनले प्रदेशको राजधानी त्यसैमाथि संगै जोडिएको लामी ताल नजिकै रहेको बौद्ध गुम्बालाई सुदूरपश्चिमकै एक प्रमुख धार्मीक र पर्यटकिय क्षेत्रका रुपमा बिकास गर्न सकिने भएपनि सरकारको उपस्तिथी न्युन रहेको बताए ।
उनले गोदावरी नगरपालिकाले केही सहयोग गरेपछि गुम्बामा अध्यनरत बिधार्थीहरुको पठनपाठन देखी खान बस्न केही राहत भएपनि अन्य समस्याहरु भने जस्ताको त्यस्तै रहेको बताए ।
अहिले सो गुम्बामा १७ जना अनाथ , असहाय बालबालिकाहरु आवाशिय रुपमा अध्यनरत रहेकाले उनीहरुलाई बस्नका लागि आवास र शौचालयको सबै भन्दा ठूलो समस्या रहेको उनले बताए ।
यस्तै पुजा गर्ने गुम्बाको पनि अभाव रहेकले यसका लागि पनि आगामी दिनहरुमा पहल गरिदिन सांसद चौधरीसंग उनले आग्रह गरे । कार्यक्रममा बोल्दै बौद्ध गुम्बाका अध्यक्ष जगबिर थापाले आफ्नो समस्याहरुलाई बुझेर सांसद चौधरीको पहलमा पहिलो चरणमा थोरै भएपनि राम्रो साथ र सहयोग पाएको बताए ।
उनले यो गुम्बालाई सुदूरपश्चिम प्रदेशमै एउटा ठूलो बुद्ध बिहार बनाउने योजना रहेको भएपनि आर्थिक अभावका कारण समस्या भैरहेको बताए । उनले यो ठाउँलाई ब्यबस्थित बनाउन सके संगै जोडिएको लामी तालको पनि बिकास हुने भएकाले यस तर्फ स्थानिय , प्रदेश र केन्द्र गरि तिनै तहको सरकारको ध्यान जान जरुरी रहेको बताए ।
कार्यक्रममा सांसद चौधरीलाई धन्यवाद पत्र सहित समितिले सम्मान समेत गरेको थियो । सांसद चौधरीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा गोदावरी नगरपालिका वडा नं २ का वडा अध्यक्ष कृष्णराज जोशी , दुर्गालक्ष्मी क्याम्पसका प्रमुख डम्बर पाल लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन सचिब निर्मल कुमार गुरुङले गरेका थिए ।