अत्तरिया – कैलालीको गोदावरीमा रुख काटी चिरान काठ ओसार–पसार गरी राखेको अबस्थामा ५ जनालाई पक्राउ परेका छन । कैलालीको गोदावरी नगरपालिका ४ बाट ईलाका प्रहरी कार्यालय मालाखेती र डिभिजन बन कार्यालय धनगढीबाट खटिउको टोलीले ५ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका २ बस्ने बर्ष २१ बर्षका भानु ओली , सोहि ठाउँका १८ बर्षिय ललीत ओली, कमल आले, अर्जुन वोहरा र रुपेश थापामगर रहेका छन ।
उनीहरुलाई बनबाट काठ ओसार –पसार गरिरहेकै अवस्थामा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख ज्ञान बहादुर बिष्टले बताए ।
उनीहरुको साथबाट २ थान साल जातका काठका गोलीया र चिरान कडी गरी कुल जम्मा ९१.८३ कयु.फिट काठ बरामद भएको डिएसपी बिष्टले बताए ।