अत्तरिया - लकडाउन पछि दैनिक ज्यालादारी गरेर खाने बर्गको लागी राहत बितरण गर्ने कार्य चुनौती बनेको छ । स्थानिय सरकारले राहत कोष बनाएर आ आफ्नो वडा मार्फत राहत बितरण गरिरहेको भएपनी बास्तबिक मजदुरहरुले नपाएको गुनासो बढेको छ । लामो समय देखीको लकडाउनको कारण ज्यालामा निर्भर रहेका स्थानिय मजदुर र बिपन्न बर्गका नागरिकहरु मारमा परेका छन् ।
गोदावरी नगरपालिका ३ मा रहेका बादी समुहका केही स्थानिय महिलाहरु दैनिक जसो राहतको लागी बिभिन्न ठाउँहरु धाउन थालेका छन् । स्थानिय केही ब्यक्तीहरुले उनिहरुलाई रहात दिएको भएपनी त्यसले नपुगेको भन्दै उनिहरु आईतबार मध्यान्न टनटालपुर घाममा गोदावरी एफ .एमको कार्यालय पुगे ।
झण्डै एक दर्जन बादी तथा निम्न परिवारका महिलाहरुले आफुहरुले नगरपालिकाबाट उचित राहात नपाएको दुखेसो पोखे । नगरपालिकाले बितरण गरेको राहत आफुहरुले नपाएको भन्दै उनिहरुले जनप्रतिनिधीहरुको आलोचना समेत गरेका छन् ।
स्थानिय मिठुठु बादीले वडाले आफुहरुलाई राहत नदिएको गुनासो गरिन्। उता वडा ३ का अध्यक्ष मोहन खत्रीले कसैलाई राहत नदिने वडा को योजना नरहेको बताए।
सबैलाई दिने प्रयास हो हाम्रो, अझै कसैलाई छुटेको महशुष भएको छ भने वडामा राहत लिन आए हुन्छ,' उनले भने - राहतको नाममा राजनीति गर्नु गलत हो ,राहत लिन वडामा आउनु पर्यो ।
राहत पाउनु पर्ने बर्गले राहत पाउँछन ।' उनले वडा नम्बर ३ का अधिकांस बिपन्न बर्गलाई राहत दिएको समेत दाबी गरे ।