अत्तरिया – गोदावरी नगरपालिकाले स्थापना गरेको विपत व्यवस्थापन कोषमा विभिन्न संघ संस्था र व्यक्तिबाट राहत संकलन हुने क्रम जारी रहेको छ । कोरना भाईरसको संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनको कारण दैनिक ज्यालादारी गरी खाने बर्ग, अति बिपन्न बर्ग, गरिव, असाहाय र अपाङ्गता भएका व्यक्तिहरु एवम पिछडिएको समुहलाई लक्षित गरी नगरपालिकाले स्थापना गरेको कोषमा अहिले सम्म १ सय क्वीन्टल बढी खाद्यान्न सहयोग जम्मा भएको हो ।
गोदावरी नगरपालिकाका सुचना प्रबिधि अधिकृत नारायण बढुका अनुसार यो खबर तयार पार्दा सम्म ९६ क्विन्टेल १५ किलोग्राम चामल, ३२५ किलोग्राम दाल, १० पेटी १० पोका तेल, २ हजार २ सय ७० किलोग्राम नुन संकलन भएको छ । त्यस्तै कोषमा १ सय ५० थान व्याग पनि संकलन भएको छ । संकलित खाद्यान्नको मुल्य करिब ४ लाख ७१ हजार ५ सय १० हुने अधिकृत बढुले बताए ।
राहत कोषमा अहिले सम्म ११ ओटा संघ संस्था र व्यक्तिले सहयोग गरेका छन । कोषमा अहिले सम्म मष्टाधाम समिति तथा सिएमए संघ अत्तरियाले ५ क्वीन्टल ४० किलोग्राम चामल, गोदावरी नगरपालिका ४ मा रहेको भगवती सामुदायिक वन उपभोक्ता समितिले १० क्वीन्टेल चामल, गोदावरी नगरपालिका ४ मै रहेको दुर्गा मावि हाटखोेलीका प्रध्यानाध्यपक तथा समाजसेवी कर्ण बहादुर साउँदले ५ क्युन्टेल चामल, नेकपा गोदावरी नगर कमिटीले ३० क्वीन्टल चामल, गोदावरी चेम्बर अफ कमर्सले १० क्वीन्टेल चामल सहयोग गरेका छन ।
त्यस्तै गोदावरी नगरपालिका १ मा रहेको शिर्जनशिल युवा क्लवले ४२ कट््टा अर्थात २ हजार २ सय पोका नुन, भागेश्वरी गु्रप मिलले १५ क्वीन्टल चामल, १ सय ५० किलोग्राम दाल र १ सय ५० व्याग, एनआईसी एसीया बैंक अत्तरियाले ८ क्वीन्टल ७५ किलोग्राम चामल, १ सय ७५ किलोग्राम दाल, १० पेटी १० पोका तेल र ७० किलोग्राम नुन, साना किसान सहकारी कृषि सहकारी संस्था लिमिटेड गेटाले १० क्वीन्टेल चामल र मेरी स्टोप सामुदायिक अस्पतालबाट २ क्वीन्टेल चामल सहयोग गरेका छन ।
नगरपालिकाले लकडाउनको कारण दैनिक ज्यालादारी गरी खाने बर्ग, अति बिपन्न बर्ग, गरिव, असाहाय र अपाङ्गता भएका व्यक्तिहरु एवम पिछडिएको समुह समस्यामा परेकोले उनीहरुलाई लक्षित गरी राहत संकलन अभियान सुरु गरेको थियो ।
गोदावरी नगरपालिकाका प्रवक्ता शार्मनन्द भट्टले नगरपालिका मार्फत राहत वितरणको लागि तथ्याङ्क संकलनको काम अन्तिम चरणमा पुगेकाले १/२ दिन भित्रमै राहत वितरण सुरु गरिने बताए ।
नगरपालिकाले आर्थिक सहयोगका लागि गोदावरी नगरपालिकाको एनआईसी एसिया बैकको अत्तरिया शाखाको खाता नम्बर ७१ AC १४९८६२२५२४०९ सञ्चालनमा ल्याएको छ भने भौतिक सहयोगका लागि प्रवक्ता शर्मानन्द भट्ट ९८५८४२०३९१, गणेश पनेरु ९८४८७२५६३१ र योदेन्द्र बहादुर सिंह ९८४८४२३५५३ लाई सम्पर्क गर्न अनुरोध गरेको छ ।