अत्तरिया – लकडाउन कै बिच स्थानियहरु बिहानैदेखि शुर्यबंशी तेडी मन्दिरमा पुजाआजा गर्न व्यस्त थिए । कैलालीको गोदावरी नगरपालिका १ विजयनगरमा रहेको मन्दिरमा यसअघि खासै पुजाआजा गर्ने नगरिएको भएपनि आईतबार भने बिशेष श्रद्धाभक्तिका साथ पुजाआजा गरिदैं थियो । बर्षैदेखि संरक्षण नभएर जिर्ण जस्तै बनेको यस मन्दिरमा विश्वव्यापि महामारिकै रुपमा फैलिरहेको कोरोना भाईरसबाट जोगाउँन भगवानले मात्रै रक्षा गर्न सक्ने भन्दै मन्दिर वरपर सरसफाई गरेर स्थानिहरु पुजाआजा गरिरहेका थिए ।
कुनै भैतिक संरचना नभएपनि मानिसहरु पुर्खौदेखि संकटमा साथ दिने मन्दिर भएको भन्दै पुजाआजा गर्दै थिए । झट्ट हेर्दा मन्दिर लामो समयदेखि बेवस्था गरेको जस्तो देखिन्थो । स्थानियले भन्दै थिए ‘हामीले यस ठाउँलाई बेवस्था ग-यौ यो ठाउँ त हाम्रा पुर्खाहरुले पुजाआजा गर्ने ठाउँ हो, यहाँ पुजाआजा गरेका हाम्रा पुर्खाहरुले बिभिन्न समयमा परेको संकटबाट मुक्ती पाएका थिए । अब हामीले यस ठाउँको संरक्षण गरी राम्रो मन्दिर बनाउनु पर्छ ।’
भौतिक रुपमा मन्दिर नभए पनि स्थानिय रुखको फेदमा पुजाआजा गर्दै थिए । स्थानिय बिक्रम बिकले हिन्दु धर्म प्रति आस्था भएका टोलबासीले महामारीबाट बच्ने विश्वासले पुजाआजा गरेको बताए । उनले २०३८ सालमा पहाडबाट तराई झरेका बेला स्थापना गरेको मन्दिरमा पुजाआजा गर्दा संकटबाट मुक्त भईने बिश्वास रहेको उनले बताए ।
स्थानिय प्रेम सिंह बिकले महामारीमा फौलिएको कोरोना भाईरसबाट नेपालमामै कुनै समस्या नआओस् भनेर पुजाआजा गरेको बताए । उनले आफ्ना पुर्खाहरुले कुल देवताका रुपमा बर्षैदेखि यस मन्दिरमा पुजाआजा गर्ने गरेको बताए । ‘आफ्ना पुर्खाहरुले पुजा गर्दै आएको यस मन्दिरका बारेमा हामी पनि बिर्सिरहेका थियौं ।’ उनले भने – ‘पछिल्लो समय महामारीको संकट आएपछि सबैले यस मन्दिरका बारेमा कुरा गर्न थालेपछि हामीले यसको महत्व थाहा पायौं ।’
स्थानिय निर्मल गुरुङले गाउँका असअघि पनि संकट आउँदा रक्षा गरेको किम्बदन्ती रहेकाले बिजयनगर टोल सुधार समितिको पहलमा मन्दिरमा पुजाआजा गरिएको बताए । ‘बुढापाकाको भनाई अनुसार डोटीबाट यस क्षेत्रमा बसोबास गर्दा महामारी लगायतका थुप्रै समस्या स्थानियले भोगेका थिए । सरकारले पनि यो ठाउँलाई खाली गराउन लगाएको थियो ।’ टोल सुधार समितिका सचिब समेत रहेका गुरुङले भने– ‘त्यतिबेला रातिको समयमा मन्दिर क्षेत्रमा भएको रुखको टुप्पोमा स्थानियले ज्वाला बलेको देखेका थिए रे । त्यसपछि स्थानियले डोटीमा रहेको आफ्नो शुर्यबंशी तेडी मन्दिरलाई त्यही रुखमुनि स्थापना गरी पुजाआजा गरेपछि सबै समस्याबाट मुक्ती पाएका थिए ।’ उनले संकटको समयमा पुजाआजा गर्दा समस्याबाट मुक्ती पाईने विश्वासका साथ सबै मिलेर पुजाआजा गरेको बताए ।
‘पहिला नियमित पुजा हुने भएपनि पछिल्लो समय मन्दिरमा पुजाआजा गर्न स्थानियले छोडिसकेका थिए ।’ उनले भने –‘अहिले संकटको समयमा आफूलाई बिभिन्न संकटबाट बचाएको यस मन्दिरलाई स्थानियले सम्झेका छन ।’
रुखको फेदमा मन्दिर बनाएर पुजाआजा गरेका स्थानियले गाउँबाट आर्थिक संकलन गरेर मन्दिरमा त्रिसुल र घण्टा समेत चढाउने भाकल गरेको गुरुङले बताए ।
अहिले सम्म कुनै औषधी पत्ता नलागेको कोरोना भाईरबाट बच्नका लागि पछिल्लो समय केहि मानिसहरु महामारीबाट बचाउन प्राथाना गर्दै भगवानका मन्दिरमा पुजाआजा गर्न थालेका छन । धर्म प्रति कम आस्था भएका मानिसहरु पनि विज्ञानको विकसित युगमा पनि महामारीबाट बच्न कुनै सफलता नपाईएकाले पुर्खादेखि चलेको परम्परालाई आत्मसाथ गर्न थालेका हुन ।