अत्तरिया - विश्वब्यापी महामारीका रुपमा फैदिदै गएको कोरोना भाईरस अर्थात कोभिड १९ को नेपालमा पनि उच्च जोखिम रहेको भन्दै यसवाट बच्नका लागि सरकारले पुरै देशलाई लकडाउन गरेको छ । एक ब्यक्तिवाट अर्को ब्यक्तिमा छिट्टै संक्रमण फैलिने यो रोग नेपालमा पनि देखिएपछि सरकारले मंगलबार बिहान देखी देशभर लकडाउन गरेको हो ।
आज लकडाउनको तेस्रो दिन आज पनि हिजो अस्ती जस्तै शहर बजारहरु सुनसान रहेका छन् । सुदूरपश्चिम प्रदेशका मुख्य शहर बजारहरु आज पनि सुनसा नबनेका हुन् । सडकमा सुरक्षाकर्मीहरुको बाक्लो उपश्तिथी रहेको छ । यद्धपी बजार क्षेत्रमा सरकारी नियमको अबज्ञा गर्नेहरुको पनि बढिरहेका छन् । सरकारले अति आवश्यक काम बाहेक घर बाहिर ननिस्किन गरेको आग्रहलाई धेरै जसो ठाउँहरुमा पालना गरेपनि अधिकंश ठाउँहरुमा भने यसको अबज्ञा हुदै आएको छ ।
सरकारी नियमको पालना नगर्नेहरुलाई प्रहरी प्रशासनले कारबाही पनि गरिरहेको छ । प्रहरीले हिजो मात्रै कैलाली जिल्लामा सरकारी नियमको अबज्ञा गर्ने १ सय १५ भन्दा बढि सबारी साधनहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । जिल्लाका बिभिन्न ठाउँमा सुरक्षाकर्मीहरु परिचालन गरी आज पनि कडाई गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
शहर बजारमा कडाइ भएपनि गाउँघर तिर भने चहल पहल भने जारी रहेको छ । लकडाउनका बेला अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन तथा घरटोल र छिमेकमा पनि भीडभाड नगरी बस्न सरकारले आग्रह गरेपनि गाउँघरमा झन बढि चहलपहल बढेको गोदावरी नगरपालिकाका स्थानियहरु बताउदछन् । पछिल्लो समय भातरवाट घर फर्किएकाहरु पनि थुप्रै गाउँघरमा पुगेका छन् । जसले गर्दा शहर बजार क्षेत्रमा भन्दा पनि गाउँघर तिर कोरोनाको संक्रमण बढ्दो क्रममा रहेको छ ।
यस बेला प्रहरी प्रशासनले शहर बजार मात्रै केन्द्रित नभएर गाउँघरमा पनि केही सुरक्षा सर्तकता बढाउन स्थानियहरुको माग छ । गोदावरी नगरपालिका वडा नं ६ लालपुरका स्थानिय रोशन भट्टले लकडाउनको बेला बजारमा कडाइ भएपनि गाउँघरमा भने कुनै रोकतोक नभएको बताए ।
उनले सबै भन्दा पहिला त नागरिक आफै सचेत बन्नुपर्ने तर नियमको उल्लघन गरेमा प्रहरी प्रशासनले पनि यस तर्फ कडाइ गर्नुपर्ने बताए । गाउँमै प्रहरी चौकी भएपनि अहिले सम्म लकडाउनको अबज्ञा गर्दै संचालमा रहेका मोटरसाईकल , अटो रिक्सा , ट्रयाक्टर लगाएतका सबारी साधान र मानिसहरुलाई कुनै किसिमको रोकतोक र कारबाही गर्न नसकिएको बताए ।
यस्तै गोदावरी नगरपालिका वडा नं ८ का स्थानिय भरत बिक्रम शाहले स्थानियहरु सबैले आफु सुरक्षित रहनका लागि सरकारी नियमको पालना गर्नुपर्ने बताए । उनले सुरुको दिन मंगलबार केही चहलपहल भएपनि अहिले भने सबै घरमै सुरक्षित बस्ने गरेको बताए । उनले शहरबजार तिर सुनसान भएपछि सबै मानिसहरु गाउँघरतिर जादा केही चहलपहल जस्तो भएपनि सबैले आ आफुलाई सुरक्षित राख्न घरमै बसेर सरकारको नियमको पालना गर्नुपर्ने बताएका हुन् ।
यता ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डिएसपी ज्ञान बहादुर बिष्टले यस बिषयमा स्थानियहरुको थुप्रै गुनासोहरु प्रहरीमा पनि आइरहेको बताए । उनले प्रयाप्त सवारी साधन र जनशक्ति अभावले गाउँघरमा जानका लागि समस्या भैरहेको बताए ।
'हामीले गाउँघरमा पनि जाने भनेका हौ तर अहिले सवारी साधनको अभाव छ बजार क्षेत्रमा पनि सुरक्षा गर्नुपञ्र्यो , बजारलाई छोडेर गाउँघरमा पनि जादा बजारमा समस्या हुन्छ' उनले भने - 'आजदेखी भने गाउँघरहरुमा पनि जाने भनेका छौ ।' उनले गोदावरी नगरपालिकाका बिभिन्न वडाका बिभिन्न टोलहरुमा पनि सुरक्षा सतर्कता बढाइने जानकारी दिए । उनले कोरोनाको रोकथामका लागि सरकारले गरेको निर्णयको पालना गर्दै सबैले आफै बुझेर घरभित्र बसी नियमको पालना गरिदिन पनि अनुरोध गरे ।