अत्तरिया - निजी हुन वा सरकारी, जुनसुकै संघ सस्थाले पनि स्थापना भएको बर्ष देखि प्रत्येक बर्ष आफ्नो बार्षिक उत्सब मनाउने गर्दछन् । मानिसले आफ्नो जन्मदिन मनाए जस्तै संघसंस्थाले पनि आफ्नो संस्था स्थापना भएको अवसरमा सस्थाको बार्षिक प्रगती सार्वजनिक गर्नुका साथै खुसीयाली साटासाट गर्न बार्षिक उत्सहरु मनाइरहेका हुन्छन् ।
विशेष परिस्थितिमा संघसस्थाले मनाउने बार्षिक उत्सव कार्यक्रम रोकिए पनि अन्य अवस्थामा भने संघसंस्थाहरुले नियमित रुपमा नै बार्षिक गतिबिधिहरुलाई समेटेर कार्यक्रमहरु गर्ने गरेका छन् । त्यसमा पनि विद्यालयहरुले आफ्नो बार्षिक गतिबिधि, बर्षभरीका उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्न पछिल्लो समय नियमित रुपमा बार्षिक उत्सव मनाईरहेका हुन्छन । तर कैलालीमै एक विद्यालयले भने स्थापना भएको २५ बर्ष पछि आफ्नो पहिलो बार्षिक उत्सब मनाएको छ ।
गोदावरी नगरपालिका वडा नं १० खमौरामा २०५१ सालमा स्थापना भएको घण्टेश्वर मन्दिर आधारभूत विद्यालयले बुधवार आफ्नो प्रथम बार्षिक उत्सब मनाएको हो । स्थापना कालदेखी नै बिधालयमा सहि नेतृत्वकर्ताको अभावका कारण बिधालयको अबस्था माथि बढ्नुको सट्टा तल खस्किएको हो । बिधालय ब्यबस्थापन समितिका अध्यक्ष सुरेन्द्र बिक्रम खत्रीले बिबिध कारणले बिधालयलाई साचे जस्तो अगाढी बढाउन नसकिएको बताए ।
उनले गरिब , निम्न आयस्तर भएका , शिक्षाको क्षेत्रवाट बञ्चित भैरहेकाहरुलाई शिक्षाको पहुँच सम्म पुञ्याउनका लागि स्थापना भएको बिधालयमा स्थापना कालदेखी बिभिन्न कठिनाइहरु आएपछि समस्या भएको बताए । उनले पूर्व ब्यबस्थापन समितिका पदाधिकारीहरुले बिधालयलाई अगाडी बढाउनका लागि थुप्रै प्रयासहरु गरेपनि सफल हुन नसक्दा बिधालयको अबस्था यस्तो भएको बताए । सो बिधालयमा मुख्य चुनौति भनेको बिधार्थीहरुको अभाव रहेको अध्यक्ष खत्री बताए ।उनले बिधालयमा आवतजावत गर्नका लागि बिचमा पर्ने दुधे खोलामा पुल नहुदा जति आउनुपर्ने हो त्यति बिधार्थीहरु बिधालयमा आउन नसकेको जानकारी गराए । उनले अहिले भने थुप्रै संघसंस्थाहरुवाट सहयोगहरु जुट्दै गएकाले अब भने बिधालय सहि दिशामा अगाडी बढाउन सकिन्छ की भन्ने आशा पलाएको बताए । बिधालय ब्यबस्थापन समितिका अध्यक्ष सुरेन्द्र बिक्रम खत्रीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिं साउँद प्रमुख अतिथी रहनुभएको थियो ।
कार्यक्रममा बिशिष्ट अतिथी गोदावरी नगरपालिकाकी उप प्रमुख रत्ना कडायत र वडा नं १० का वडा अध्यक्ष रविन्द्र शाही रहनुभएको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख साउँदले बिधालय सबैलाई आवश्यक पर्ने संस्था भएकाले यसलाई बनाउनु समाजका सबैको दायित्व रहेको बताए । उनले अहिले गोदावरी नगरपालिकाले पनि विकास निर्माणका कामलाई मात्र नभएर नगरभित्र शिक्षा ,स्वास्थ्य ,कृषि , सिपमसलक र रोजगार मुलक कार्यक्रमहरुलाई पनि प्राथमिकता दिएर काम गरिहरेको बताए ।
'मैले यो स्कूललाई धेरै नजिकवाट बुझेको छु , यहाँका धेरै समस्याहरु मैले पहिले देखिनै देखेको छु' नगरप्रमुख साउँदले भने - 'अब हामीले एक जनाले दुई जनाले गरेर मात्र यसको गुणस्तर सुधार गर्न सक्दैनौ , हामीले लगानी गरिदिन्छौ तर त्यसको रेखदेख संरक्षण र सम्बद्धन गर्ने जिम्मा त तपाईहरुको हो नि ।'
उनले अहिले धेरै जसो बिधालयमा ब्यबस्थापन समिति गठन भैरहेकाले बिधालयको शैक्षिक गुणस्तर सुधार्नमा ब्यबस्थापन समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । खोलामा पुल नहुदा समस्या भैरहेको सुनेपछि नगरप्रमुख साउँदले सो खोलामा झोलुङ्गे पुल निर्माण गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा बोल्दै उप प्रमुख रत्ना कडायतले उनले गोदावरी नगरपालिका भित्र रहेको पुरानो बिधालयलाई सक्रियताका साथ अघि बढाउन नगरपालिकाले काम गर्ने बताइन् ।
उनले बिधालयको पठनपाठन र बिधार्थीहरुको क्षमता अभिबृद्धि गर्नका लागि सबै भन्दा पहिले अभिभावकहरु सचेत बन्नुपर्ने बताइन् । 'हामी नयाँ घर बनाउदा पहिले त्यो घरको जगलाई बलियो बनाउन तर्फ लाग्छौ' उनले भनिन् - ' हो त्यसैगरि हाम्रो सम्पति हाम्रा बालबालिकाको जग बलियो भएपछि मात्रै भबिष्य राम्रो हुन्छ भन्ने तर्फ सबै अभिभावकहरुले ध्यान दिन अतिनै आवश्यक रहेको छ । '
उनले शिक्षित मान्छे र शिक्षित समाज सधै सभ्य र सस्कारी हुने भएकाले सबैलाई शिक्षाको पहुँचमा ल्याउनका लागि नगरपालिकापनि लागि रहेको बताइन् । फरक प्रशंगमा उनले अहलिे जनप्रतिनिधिहरु आइसकेपश्चात गाँउघरमा बिभिन्न खाले बिकास निर्माणका कामहरु अगाडी बढिरहेकाले ति कामहरु प्रति नगरबासीहरु चनाखो हुनुपर्ने बताइन् ।
उनले नगर र वडामा भैरहेका विकासका काममा सबै वडाबासी , नगरबासीलाई आ आफ्नो तर्फवाट निगरानी र खबरदारी गर्न आग्रह गरिन् । कार्यक्रममा वडा नं १० का वडा अध्यक्ष रविन्द्र शाहीले जनप्रतिनिधिहरु नहुदाँको समयमा थुप्रै समस्यामा रहेको घण्टेश्वर मन्दिर आधारभूत विद्यालयमा अहिले भने थुप्रै परिर्वतन भएको बताए ।
उनले आफुले वडाका तर्फवाट बिधालयका लागि गर्न सकिने सम्पुर्ण सहयोग गरी रहेको बताए । 'अहिले बिधालयमा ट्रस्ट लगाएका छौ , शिक्षकहरुको नियमित उपश्तिथीका लागि ई हाजरी जडान गरेका छौ , खानेपानी र शौचालयको सुबिधा थपेका छौ वडा अध्यक्ष शाहीले भने - 'वडावाट गर्न सकिने सम्पुर्ण सहयोग मैले गरेको छु ।'
नजिकै रहेको घण्टेश्वर मन्दिरको नाममा स्थापना भएको घण्टेश्वर मन्दिर आधारभूत विद्यालयमा हाल कक्षा ५ सम्म पढाइ हुने गरेको छ भने १ सय ३ जना बिधार्थीहरु मात्रै अध्यनरत रहेका छन् । बिधालयमा ३ जना राहत कोटा , २ जना निजि स्रोत र २ बालविकासका शिक्षकहरु रहेका छन् भने १ जना कार्यालय सहयोगी रहेका छन् ।