बझाङ – जिल्लाको केदारस्युँ गाउँपालिकाले फरक क्षमता भएका व्यक्तिहरुलाई सम्मान गरेको छ । बुधबार एक कार्यक्रमका बीच गाउँपालिका भरीका ३२ जना आंशिक र पूर्ण रुपमा फरक क्षमता भएका व्यक्तिहरुलाई सम्मान गरेको हो ।
गाँउपालिकाले सम्मान साथैे व्लाङ्केट, टर्चलाइट, लट्ठी, बौसाखी लगाएतका शामाग्र्री उपलब्ध गराइएको हो । आफूलाई गाउँपालिकाले सम्मान गरेपछि फरक क्षमता भएका व्यक्तिहरु खुसी भएका छन् ।
गाँउपालीकाले सम्मान गरेपछी स्थानिय मिने बोहराले भने, – ‘हामी अपाङ्ता भएका व्यक्तिहरुलाई विभिन्न समस्या हुन्छन् । हामीलाई गाउँपालिकाले सम्मान गरेपछी खुसी लागेको छ ।’ उनले भने ‘अपाङ्गता भएकाहरुलाई विभिन्न सरकारी कार्यालयका भवन र सडक वातावरण मैत्री सृजना गनुपर्छ ।’
त्यस्तै गाँउपालिकाकी उपाध्यक्ष निसा धामिले फरक क्षमता भएकाहरुलाई सम्मान गर्न पाउँदा अत्यन्तै खुसि लागेको बताईन । उनले आगामी दिनहरुमा पनि गरिव विपन्न र फरक क्षमता भएकाहरुलाई सहयोग गर्ने प्रतिबद्धछा गरिन ।