धनगढी – अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले धनगढीबाट शहरी विकास तथा भवन निर्माण विभाग, संघिय आयोजना कार्यान्वयन ईकाईका इन्जिनीयरलाई दुई लाख ५० हजार घुस रकम सहित पक्राउ गरेको छ ।
संघिय आयोजना कार्यान्वयन ईकाइमा कार्यरत इन्जिनीयर त्रिलोक जोशीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले रंगेहात पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रबक्ता प्रदिप कुमार कोईरालाले पक्राउ परेको पुष्टि गरे ।
उनले कुन प्रयोजका लागि घुस लिएको भन्ने बारे भने खुलेको छैन । पक्राउ परेका जोशीलाई अख्तियारको कार्यालय महेन्द्रनगर लगिएको छ ।