अत्तरिया - सुदुरपश्चिम प्रदेशको तराईमा रहेको कैलाली जिल्ला आफैमा सुगम जिल्ला मानिन्छ । यहाँका धेरै जसोले नजिकै बिधालय पढ्न पाएका छन् , नजिकै औषधि उपचार गर्न पाएका छन् र आफुलाई मनलाग्दो खान र बस्न पाएका छन् । तर जिल्ला भित्र अझै पनि धैरै त्यस्ता बिकट ठाँउहरु पनि रहेको छन् ।
कैलाली जिल्ला पाहाडसंग पनि जोडिएको जिल्ला हो । जिल्ला भित्र बसोबास गर्ने अझै पनि धेरैले कुनै पनि सेवा सुबिधाहरु सहज र सरल तरिकाले पाउने अबस्था छैन । यि मध्यको एक हो गोदावरी नगरपालिका वडा नं ४ मा पर्ने बन्दगडा । प्राकृतिक सौर्दयताले भरिपुर्ण बन्दगडा , हाटखोली लगाएका ठाँउहरु पनि निकै बिकट रहेका छन् । यहाँ बसोबास गर्नेहरु अहिले पनि आधारभुत आवश्यकतावाट बञ्चित रहेका छन् ।
मुख्य राजमार्गवाट ५÷६ किलोमिटरको दुरीमा पर्ने खुटिया–दिपायल द्रुतमार्गसँगै जोडिएकोे यस ठाउँका स्थानियहरु शिक्षा , स्वास्थ्य , खानेपानी , बिजुलीबत्ती , संञ्चार , सिचाई जस्ता आधारभुत आवश्यकतावाट बञ्चित रहेका छन् । तिन चार सय घरपरिवारहरु बसोबास गर्दै आएका यस ठाँउमा कसैको ध्यान जान सकेको छैन । यद्धपी पछिल्लो समयमा भने उक्त ठाँउको मुहार केहि फेरिदै गएको छ ।आन्तरिक तथा बाह्य पर्यटकहरुको निकै संभावना बोकेको बन्दगडामा निर्माण भैरहेको मष्टधाम ब्यबस्थापन समितिले यँहाको मुहार फेर्नमा थुपै्र योजनाहरु अघि सारेको छ । मष्टधाम ब्यबस्थापन समितिको पहलमा अहिले यस अघि बिजुली बत्ती बल्न नसकेको सो ठाँउमा बिजुली पुगेको छ । यस्तै बाटोघाटोको मुख्य समस्याले गर्दा ओझेलमा परेका पर्यटकिय क्षेत्रहरुको संरक्षण ,सम्बद्धन गरि जिल्लाकै प्रमुख पर्यटकिय क्षेत्र बनाउन बाटो निर्माणको कार्य पनि अघि बढाइएको छ । मष्टधाम निर्माण हुन थालेको बन्दगडामा अहिले दैनिक जसो संघिय सरकारका मन्त्री , प्रदेश सरकारका मन्त्री , स्थानिय सरकारका जनप्रतिनिधिहरु र बिभिन्न संघसस्थाका प्रतिनिधिहरु पुग्ने गरेका छन् ।
मष्टधाम ब्यबस्थापन समितिले निर्माणाधिन मष्टाधामको अबलोकनका साथै सो ठाँउको बारेमा जानकारी गराउन जनप्रतिनिधिहरुलाई त्यहाँ सम्म लगेर जाने गरेको छ । बन्दगडामा रहेको राजिताल सम्म पुग्नका लागि आइतबारदेखी बाटो निर्माणको कार्य सुुरु भएको हो । निर्माणाधिन बृहत मष्टाधामवाट करिब ५ सय मिटर पश्चिम तर्फ रहेको राजीतालमा पर्यटकहरुको आवागमनलाई सहज बनाउनका लागी वडावाट प्राप्त बजेटले बाटो निर्माण गर्न लागीएको मष्टधाम व्यवस्थापन समितिका अध्यक्ष गणेश साउँदले जानकारी दिए ।
सम्बन्धित निकायको ध्यान जान नसक्दा ओझेलमा परेका पर्यटकिय क्षेत्रहरुको पहिचान गरि पर्यटकिय प्रर्वद्वन मार्फत सुदुरपश्चिम प्रदेशलाई आर्थिक समृद्वितिर डो¥याउने उद्देश्यका साथ बाटो निर्माणलाई अगाडी बढाएको उनले बताए । उनले करिब ७ बिघा क्षेत्रफलको रमणिय स्थानमा फैलिएको सो तालमा अझैसम्म सम्बन्धीत निकायको ध्यान पुग्न नसक्दा ओझेलमा रहेकोे बताए । उक्त बाटो निर्माणको लागी वडाकार्यालयले १ लाख ५० हजार रुपैया बिनियोजन गरेको छ । प्राकृतिक वस्तुहरुको संरक्षण र संर्वद्वन तथा विभिन्न बाटीकाहरु निर्माणका लागी नगरपालीकाबाट छुट्याईएको ५ लाख बजेट मध्ये राजितालमा बाटीका निर्माणका लागी २ लाख ५० हजार छुट्याउन माग गरिएको गोदावरी नगरपालिका वडा नं ४ का वडाध्यक्ष प्रेम बहादुर भण्डारीले जानकारी दिए ।
मष्टधाम देखी राजिताल सम्म जोड्ने पर्यटकिय बाटोको रुपमा निर्माण गरिएको उक्त बाटोमा स्टोन पार्क निर्माण गरिनुका साथै धार्मिक बृक्षहरु लगाईने भएको छ । प्रदेशको स्थायी राजधानी तोकिएको वडा समेत रहेको उक्त ठाउँको बिकासका लागि तिनै तहको सरकारले ध्यान दिन आवश्यक रहेको मष्टधामका अध्यक्ष साउँदले बताए । उनले यसका लागि आफु निरन्तर लागी रहेको बताए ।
उनले बृहत गुरु योजनाका साथ निर्माण भैरहेको मष्टाधामको निर्माण सम्पन्न भैसकेपछि बन्दगडा , हाटखोली लगाएत आसपासका स्थानियहरुको दैनिकी नै परिर्वतन हुनेमा आफुले बिश्वास लिएको बताए । यसका लागि स्थानीय, प्रदेश एवम् संघिय सरकारबाट आवश्यक सहयोगको लागी उनले अनुरोध गरे ।
अहिले बिभिन्न सेवा सुबिधावाट बञ्चित रहेका बन्दगडा , हाटखोली लगाएत क्षेत्रका स्थानियहरुलाई सहज रुपमा सेवा सुबिधा पुञ्याउन स्थानिय र प्रदेश सरकारले बढि भन्दा बढि ध्यान दिन जरुरी छ ।