अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाले भवन अभावको कारण देखाउदै फेरि नयाँ घर भाडाँमा लिएको छ । नगरपालिकाले पुरानो भवनमा ठाउँ अभावले काम गर्न समस्या भएको भन्दै मासिक ३५ हजार रुपैया तिर्ने गरी नयाँ घर भाडामा लिएको हो । सुदुरपश्चिम प्रदेशको स्थायी राजधानीमा रहेको नगरपालिकाको आफ्नो भवन नहुदा माहिनाका लाखौ रकम घर भाडामा मात्रै सिद्धिने गरेको छ । नगरपालिका स्थापना भएदेखी भाडाको घरमा कार्यालय राखेर काम काज संचालन गर्दै आएको छ ।
नगरपालिकाले आफ्नो भवन निर्माणमा चासो नदेखाउदा अहिले मनलाग्दी घर भाडामा लिदै जनताको करवाट उठेको रकम खर्च गरिरहेको स्थानियबासी बताउँदछन् । नगरपालिकाको अहिलेको कार्यालय नजिकै रहेको एउटा होटलको माथिल्लो तला भाडामा लिएर त्यहाँ बिभिन्न शाखाहरु राखिएका छन् । अहिले नयाँ सरेको घरमा एउटा मिटिङ हल , पशु विकास शाखा , कृषि विकास शाखा , शहरी विकास शाखा , रोजगार कार्यक्रम रहेको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज बिष्टले जानकारी दिए ।
अहिले कार्यालय रहेको भवनमा धेरै शाखाहरुलाई एउटै कोठामा राख्नुपर्ने बाध्यता रहेको थियो , यसरी सबै शाखाहरु एउटैमा राख्दा सम्पुर्ण शाखाहरुलाई सेवा प्रवाह गर्न समस्या हुन थाल्यो उनले भने सेवा प्रबाहलाई चुस्त दुरुस्त बनाउन हामीले केहि शाखाहरुलाई नजिकैको घर भाडामा लिएर सारेका हौ । उनले नगरपालिकाको आफ्नो नयाँ भवन नबन्दा सम्मका लागि घरका केहि कोठाहरु भाडामा लिएको गोदावरी न्युजलाई जानकारी दिए । नयाँ लिएको घरको मासिक भाडा ३५ हजार भित्र पर्ने उनले बताए ।
घर भडामा मात्रै लाखौ रकम स्वाहा
गोदावरी नगरपालिका स्थापना भएको पाचँ बर्ष पुरा भैसकेको छ । साविक मालाखेती, श्रीपूर , बेलादेवीपुर र गेटा गा।बि।स।लाई मिलाएर २०७१ साल जेठ ४ गते अत्तरिया नगरपालिकाको स्थापना भयो । त्यस बेला साविक अत्तरिया नगरपालिकामा १३ वटा वडाहरु बनाइएका थिए । त्यस पछि नजिकै रहेको सा।विकको गोदावरी गाबिसलाई पनि अत्तरिया नगरपालिकामा मिलाएर यसको नाम गोदावरी नगरपालिका राखिएको हो । अहिले गोदावरी नगरपालिकामा १२ ओटा वडाहरु रहेका छन् ।
स्थापना कालदेखि नै घर भाडामा लिएर कार्यालय संचालन गरिरहेको नगरपालिकाक सम्पुर्ण वडा कार्यालयहरm पनि अर्काको घर भाडामा लिएर संचालन भैरहेका छन् । यसरी भाडाको घरमा नगरपालिका संचालन गरिदा बर्षको लाखौ रकम घरभाडामा मात्रै स्वाहा हुने गरेको छ ।
अहिले नगरपालिका रहेको घरको मात्रै मासिक भाडा ६५ हजार ५ सय रहेको छ भने नयाँ लिएको घरको भाडा मासिक ३५ हजार रहेको छ । अब नगरपालिकाका दुई वटा कार्यालयको घर भाडा मात्रै मासिक १ लाख ५ सय रहने छ । नगरपालिकाको कार्यालय मात्र होइन वडा कार्यालयहरु पनि मासिक १० देखी १५ हजारको हाराहारीमा भाडाको घरमा संचालनमा रहेका छन् ।
जनप्रतिनिधि आएको २ बर्ष भन्दा बढि पुग्यो तर आफ्नो भवन बनाउने कुनै सुरसार छैन
गोदावरी नगरपालिकाको स्थापना भएको पाचँ बर्ष पुगि सक्दा पनि अहिले सम्म आफ्नो भवन बनाउने नगरपालिकाको कुनै सुरसार नै देखिएको छैन् । यस अघि जनप्रतिनिधि बिहिन रहेको यस नगपालिकामा जनप्रतिनिधि आएको पनि २ बर्ष पुरा भएर तेस्रो बर्ष सुरु भैसकेको छ ।
दिनभर बाहिरको कार्यक्रममा मात्रै ब्यस्त हुने निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो कार्यकालमा भवन निर्माणको बिषयमा खासै चासो देखाएका छैनन् । नगरपालिकाको कार्यालय मात्रै होइन १२ ओटा वडा रहेको यस नगरपालिकाका एक दुई बाहेक सबै वडा कार्यालयहरु भाडाको घरमा संचालनमा रहेका छन् ।
यसरी अर्काको घर भाडामा लिएर महिनाका लाखौ रुपैया खर्च गरेर पनि दैनिकी कामकाजमा समस्या हुदै आएको छ ।
नयाँ भवन निर्माणको काम सुरु भैसकेको छ : प्रमुख प्रशासकिय अधिकृत बिष्ट
गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज बिष्टले नगरपालकाको आफ्नो नयाँ भवन निर्माणको काम सुरु भैसकेको बताएका छन् । उनले वडा नं २ को तेघरी ब्यारेक भन्दा केहि वर नगरपालिकाले यस अघि खरिद गरेको जमिनमा नयाँ भवन निर्माणको काम सुरु भैसकेको बताएका हुन् ।
क्षेत्रिय शहरी विकास आयोजनाको सहयोगमा बन्न लागेको नयाँ भवनको टेण्डर प्रकृया सम्पन्न भैसकेको अधिकृत बिष्टले बताए । नयाँ भवनको टेण्डर प्रकृया भैसकेको छ उनले भने अहिले ठेकेदारले फिल्डको ले आउट तयार पार्ने काम गदैछ यसले केहि दिनमा आफ्नो काम सुरु गर्नेछ ।
भवन निर्माणको अबधि २ बर्षको रहेको बताउदै उनले पहिलो तला बन्ने बित्तिकै नगरपालिकाको सम्पुर्ण कामकाज त्यहिवाट सुरु गर्ने उनको भनाई रहेको छ ।