अत्तरिया - सुदुरपश्चिम प्रदेश सभा सदस्य चुनकुमारी चौधरीले सामुदायिक बन उपभोक्ता माथि सरकारले लागु गर्न खोजेको तेरहो कर प्रणाली उचित नरहेको बताउनुभएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका ५ रामनगरमा आयोजित सामुदायिक बनका समसामयिक सबाल र तेहरो करको बारेमा अन्तरकृया कार्यक्रममा बोल्दै सांसद चौधरीले यस्तो बताउनुभएको हो ।
उनले आफु र आफ्नो घरपरिवार नभनी रातदिन मेहेनत गरेर सामुदायिक बनलाई जोगाएर हराबरा बनाउने सामुदायिक बन उपभोक्ता माथि सरकारले लागु गर्न लागेको तेहरो कर प्रणाली उचित नभएको बताइन् । अहिले देशमा रहेका सामुदायिक बनहरुमा महिलाहरुको सहभागिता बढ्दै गएको प्रति खुसी ब्यक्त गर्दै उनले आफ्नो जग पनि सामुदायिक बन नै रहेको बताइन् ।
‘म अहिले जुन अबस्थामा छु यो मलाई सामुदायिक बनले दिएको हो , जति मैले सामुदायिक बन र यहाका पिडाहरु बुझेको छु सायदै यो पिडा बन बनाउन लाग्नेहरुले मात्रै बुझ्नुभएको होला – उनले भनिन्।’ सरकारले सामुदायिक बन उपभोक्ता माथि तेहरो कर लगाएमा सामुदायिक बन बचाउनुपर्छ र हराबरा बनाउनु पर्छ भन्नेहरुको मनस्थित कमजोर हुदै जाने र यसवाट सरकारलाई नै घाटा हुने उनको भनाई छ । यद्धपी एउटा कर भने लिन सक्ने उनले बताइन् ।
उनले पछिल्लो समय बैज्ञानिक बन ब्यबस्थापनका नाममा नेपालको हराबरा बनलाई सखाप पार्न खोजिएको बताइन् । ‘यो बैज्ञानिक बन ब्यबस्थापन भनेको के हो , ठुला रुखहरु काट्ने , साना साना लगाउने अनि ति साना रुखहरु कहिले ठुला हुने ’ उनले भनिन् –‘यो सब लुट हो यसले गर्दा हरियाली बन केहि बर्षमा मरभुमिका रुपमा परिणत हुनेछ ।’ उनले बैज्ञानिक बन ब्यबस्थापन नभई सरकारले दिगो बन ब्यबस्थापनलाई जोड दिनुपर्ने बताइन् । उनले अहिले सामुदायिक बन उपभोक्ता महासंघले उठाइरहेको माग प्रति आफ्नो पनि पुर्ण सहगोग रहने भन्दै प्रतिबद्धता ब्यक्ति गरिन् ।
प्रदेश सरकारमा अहिले बन सम्बन्धि निति नियम र ऐन नबनेको बताउदै उनले निति नियम बन्ने बेला सामुदायिक बन उपभोक्ता महासंघले उठाइरहेको मागलाई पहिलो प्रथमिकताका साथ उठान गर्ने बताइन् । सामुदायिक बन उपभोक्ता महासंघ नेपाल बैलौरी नगर अध्यक्ष प्रेम बहादुर चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुदुरपश्चिम प्रदेश अर्थ प्राकृतिक स्रोत विकास समितीकी सदस्य पुर्णा जोशी प्रमुख अतिथी रहनुभएको थियो । यस्तै कार्यक्रममा प्रदेश सांसद चुनकुमारी चौधरी , सामुदायिक बन उपभोक्ता महासंघ नेपालका केन्द्रिय अध्यक्ष भारती पाठक बिशिष्ठ अतिथी रहनुभएको थियो ।
कार्यक्रममा बोल्ने अधिकाशं बक्ताहरुले सरकारले अहिले सामुदायिक बनको कुल बजेट मध्ये केहि प्रतिशत स्थानिय , प्रदेश , संघिय सरकार र आन्तरिक राजश्व कार्यालयलाई छुट्याएर बार्षिक कार्यक्रम बनाउन भनेपछि यो निर्णय आफुहरुलाई मान्य नहुने बताएका छन् । उनीहरुले सामुदायिक बनको बिषयमा कसैले पनि ध्यान नदिने तर कर प्रणाली भने तेहरो लगाउने निर्णय लागु भएमा यसका बिरुद्ध आफुहरु सडकमा उत्रिने बताएका हुन् ।
उनीहरुले तिनै तहको सरकारले आफ्नो निति , ऐन नियमहरु बनाउदा बन क्षेत्रलाई बिषेश ध्यान दिन आग्रह गरेका छन् । सामुदायिक बन उपभोक्ता महासंघ नेपाल बैलौरी नगरको आथिथ्यतामा सम्पन्न कार्यक्रमको आयोजना सामुदायिक बन उपभोक्ता महासंघ नेपाल कञ्चनपुरले गरेको थियो ।