अत्तरिया - कैलालीको गौरीगंगा नगरपालिकाले सडक छेउका अनाधिकृत रुपमा राखिएका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ।
नगपालिकाले मंगलबार एक सुचना जारी गर्दै नगरभित्रका मुख्य तथा सहायक सडकहरुको छेउमा अनाधिकृत रुपमा राखिएका ठेलाछाप्राहरु, निर्मित टहराहरु, टिनका पाली र निर्माण लगायत सम्पूर्ण मालसमानहरु हटाउन अनुरोध गरेको हो ।
गौरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टद्धारा जारी सूचनामा तोकिएको समयाधि भित्र स्वस्फुर्त रुपमा संरचना नहटाए नियम बमोजिम कारवाही हुने जनाइएको छ ।
