अत्तरिया -गोदावरी -३ मालिका टोल बस्ने एक बृद्द महिला बिगत ३ दिन देखी बेपत्ता भएकी छन् । ६५ बर्शिया खेरी देबी बुढा शनिबार साँझ देखी हराइरहेकी उनका छोरा कुल बहादुर बुढाले बताए ।
घरमा सामान्य बिबाद भएको र त्यसपछि उनी घरबाट निस्किएकी हुन । उनको खोजीको लागी बुढा परिवारले प्रहरीलाई समेत जानकारी गराइसकेको छ ।
घरबाट निस्किदा खेरी देबी कालो ज्याकेट, कालो टोपी र चप्पल लगाएर निस्किएकी हुन । उनका ४ छोरा र ३ छोरी छन । उनको खोजीको लागी छोरा कुल बहादुरले सबैमा सहयोगको अपिल गरेका छन् ।