अत्तरिया - माघीको अवसरमा अत्तरियाका मीन जोशीले नि:शुल्क चिया खुवाईरहेका छन् । व्यवसायी समेत रहेका जोशीले पहाड रोडमा चिया पसल थापेर नि:शुल्क चिया सेवा गरेका हुन ।
बिहानै देखि उनले गोदावरीबाट स्नान गरेर फर्किनेहरुलाई चिया खुवाईरहेका छन् । उनले माघ महिना धर्म कमाउने महिना भएकाले आफुले सकेको सहयोग गरेको बताए ।